Techie IT
२०८१ जेठ ३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिबालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरूको छलफल

बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरूको छलफल


काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरूबीच छलफल भएको छ।

सोमबार भएको छलफल राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार तय गर्ने विषयमा केन्द्रीत रहेको बताइएको छ। माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डानजिक पुगे पनि कसले कति पाउनेमा निष्कर्षमा पुगेको छैन।

साथै बैठकमा एनसेल प्रकरण, राष्ट्रिय सभामा भागबण्डा, विमानस्थल सुन तस्करी प्रकरण, सत्य निरुपण तथा बेपत्ता छानविन विधेयक लगायत विषयमा छलफल भएको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, माओवादीका महासचिव देव गुरुङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका शीर्ष नेताहरू सहभागी छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारको रोचक लाइनअप

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको रोचक लाइनअप तयार हुने क्रम जारी छ । अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै

प्रतिनिधिसभा बैठकमा कांग्रेसको नाराबाजी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नाराबाजी गर्दै अवरोध गरेको छ । सभामुख देवराज

महिला सशक्तीकरणका लागि लक्ष्मी सन्‌राईज बैंकको ‘शिक्षित लक्ष्मी’ पहल

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिँदै लक्ष्मी सन्‌राईज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत

कांग्रेसले संसदमा अवरोध जारी राख्ने

काठमाडौँ । नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने बताएको छ । सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध

नबिल बैंकका सीईओ ढुंगानाको कार्यकाल थप

काठमाडौँ । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल दुई वर्ष थप गरिएको छ । बुधबार बसेको

शेयर बजारमा झिनो अङ्कको वृद्धि

काठमाडौँ । आज बिहीबार शेयर बजारमा झिनो अङ्कको वृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ७९

Techie IT