गृहपृष्ठ ∕ नेपाल ∕ राष्ट्रियसभाको अध्यक्षका लागि सत्तारूढ तीन दलको दाबीराष्ट्रियसभाको अध्यक्षका लागि सत्तारूढ तीन दलको दाबी नेपालीपत्र मंगलबार, २०८० मंसीर २६ गते, १२:३४ मा प्रकाशित नेपाल फाइल फाेटाेकाठमाडौँ। राष्ट्रियसभाको अध्यक्षका लागि सत्तारूढ दलभित्र तीन दलले दाबी गरेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादले राष्ट्रिय सभाको अध्यक्षका लागि दाबी गरेका हुन्।राष्ट्रिय सभाको अध्यक्षका लागि कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सक्रियता बढाएका छन्। माओवादी केन्द्रका सचिवसमेत रहेका गणेश साह वा रामनारायण बिडारीमध्ये एकलाई सदस्य बनाउँदै अध्यक्ष बनाउन माओवादीले खोजेको छ।एकीकृत समाजवादीले राष्ट्रिय सभाको अध्यक्षमा कृषि तथा पशुपन्छी मन्त्री डा. वेदुराम भुसाललाई ल्याएर एक अर्को सांसदलाई मन्त्री बनाउन खोजेको छ। राष्ट्रिय सभाका अध्यक्ष ६ सदस्यीय संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले संवैधानिक आयोगका पदाधिकारी नियुक्तिलगायतका निर्णयमा महत्वपूर्ण भएकाले तीनवटै दलले अध्यक्षमा दाबी गरेका हुन्।राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सदस्यको पदावधि २० फागुनपछि सकिँदै छ। १९ सदस्यका लागि ११ माघमा निर्वाचन हुने र एक जना राष्ट्रपतिबाट हुनेछन्। #राष्ट्रियसभाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ३ पूर्वप्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागू हुनेगरी सांसद पदबाट राजीनामा दिए ४ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ५ नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित ६ ज्यान मार्ने धम्की दिँदै पन्ध्र लाख फिरौती माग्ने तीनजना पक्राउ ७ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउदThe Film Nepal