Techie IT
२०८२ साउन २७, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालदोदा पुलः आठ वर्षमा तीन पिलर मात्रै ठडिए

दोदा पुलः आठ वर्षमा तीन पिलर मात्रै ठडिए


बेदकोट । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् ।

विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो । त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि अहिलेसम्म पुल निर्माणले गति लिन सकेको छैन । तीन पिलर पनि मापदण्ड विपरित निर्माण गरिएको पाइएपछि पुलको डिजाइन नै फेरिएको छ ।

“पुलको कामले गति लिएको छैन । निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दैआएका छौँ”, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले भने । विसं २०७८ साउनमा पुलको नयाँ डिजाइन तयार गरिएको थियो । विभिन्न बहाना बनाएर निर्माण कम्पनीले निर्माणको काम अघि नबढाएको इन्जिनियर सिग्देलको आरोप छ । उक्त पक्की पुलको लागत रु २४ करोड ५२ लाख रहेको छ ।

“हालसम्म रु १२ करोड भुक्तानी भइसकेको छ”, उनले भने । पुल निर्माणले गति नलिँदा स्थानीय निराश बनेका छन् । “लामो समय बितिसक्दा पनि पुल निर्माण भएन । अब त पुल बन्नेमा आशंका हुन थालेको छ”, लालझाडी–४ का कृष्ण राना भन्छन् ।

वर्षौँदेखि देखतभुली–पर्सिया जोड्ने पक्की पुल निर्माण नहुँदा लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन् । पक्की पुल निर्माण नहुँदा स्थानीयले शुल्क तिरेर काठको अस्थायी पुल प्रयोग गर्दैआएका छन् । “नदी तर्न काठको पुल प्रयोग गर्दै आएका छौँ”, लालझाडी–५ का धोके रानाले भने, “बर्खामा नदी ओहोरदोहोर गर्न सकिँदैन ।”

स्थानीयले काठको पुल प्रयोग गरेबापत साइकलको रु १० र मोटरसाइकलको रु २० शुल्क तिर्ने गरेका छन् । बर्खामा बाढी आउने हुनाले निर्माण गरिएको काठको अस्थायी पुल हटाउने गरिएको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीका मङ्गलबहादुर चौधरीले बताए । “वर्षात्मा काठको पुलबाट आवतजावत गर्न सकिँदैन । बाढीले बगाउने हुनाले हटाउँछौँ”, उनले भने, “त्यसपछि ट्युबको सहायताले जोखिम मोलेर नदी वारपार गर्नुपर्छ ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कैलाली कारागार घटनापछि देशैभरका कारागारमा सुरक्षा सतर्कता बढाइयो

काठमाडाैँ । एक जनाको ज्यानै जानेगरी कैलाली कारागारमा भएको कैदीबन्दीहरुबीचको भडपपछि देशैभरका कारागारहरुको सुरक्षा सतर्कता बढाइएको छ । गएको शुक्रवार

मधेशमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान

धनुषा । खडेरीको प्रभावमा परेका मधेश प्रदेशका आठ जिल्लामा अहिलेसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । मधेश प्रदेशको

उच्च अदालतमा तीन महिलासहित २७ जना न्यायाधीशमा सिफारिश

काठमाडाैँ । न्याय परिषदले उच्च अदालतमा तीन जना महिलासहित २७ जना न्यायाधीश सिफारिश गरेको छ । हिजो प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको

नेपाल र भारतका थिङ्क ट्याङ्क स्तरमा सम्झौता

काठमाडाैँ । नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धमा योगदान पुर्‍याउने उद्देश्यले थिङ्क ट्याङ्क स्तरमासम्झौता भएको छ । नेपालको इन्टरनेशनल रिलेसन एन्ड

झापामा रुखामा बाँधिएका एक व्यक्तिको मृत्यु, ४ जना पक्राउ

झापा । झापामा रुखामा बाँधिएका एक व्यक्तिको मृत्यु भएपछी घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ

भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोड दिनुपर्ने प्रधानमन्त्री ओलीको…

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोड दिनुपर्ने बताएका छन् । तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित

Techie IT