गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ चीनमा ६.२ म्याग्निच्युडको भूकम्प, १११ जनाको मृत्युचीनमा ६.२ म्याग्निच्युडको भूकम्प, १११ जनाको मृत्यु नेपालीपत्र मंगलबार, २०८० पुस ३ गते, ०७:५९ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । गएराति चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाइमा भूकम्प गएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी)का अनुसार भूकम्पको तीव्रता ६ दशमलव २ थियो । रिपोर्टका अनुसार भूकम्पको धक्का पाकिस्तानसम्म महसुस गरिएको थियो ।चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुवै प्रान्तमा करिब १११ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । गान्सुमा १०० र छिमेकी प्रान्त छिङहाइमा ११ जनाको मृत्यु भएको छ ।भूकम्पको केन्द्रविन्दु छिङहाइको सिमानामा रहेको गान्सुको जिशिशान काउन्टीमा जमिनबाट १० किलोमिटर तल थियो । यद्यपि, अमेरिकी भूगर्भ सर्भेले भूकम्पको म्याग्निच्युड ५.९ रहेको जनाएको छ ।सीसीटीभीका अनुसार भूकम्पका कारण पानी र बिजुलीका तारमा ठूलो क्षति पुगेको छ । साथै यातायात र सञ्चार पनि बिग्रिएको छ । अर्कोतर्फ चिनियाँ राष्ट्रपति सी चिनफिङले भूकम्पपीडितको जीवन र सम्पत्तिको रक्षा गर्न तथा पीडितका लागि उचित व्यवस्था गर्न उद्धार टोलीलाई सबै खोज तथा उद्धार कार्य गर्न अपिल गरेका छन् । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ३ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग ४ ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण ५ पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो ६ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ७ भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदैThe Film Nepal