Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसीजी इन्टरटेनमेन्टले ‘मनका कुरा विथ बसन्त चौधरी’ प्रशारण गर्दै

सीजी इन्टरटेनमेन्टले ‘मनका कुरा विथ बसन्त चौधरी’ प्रशारण गर्दै


काठमाडौँ । सीजी इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि पुनः सक्रिय रुपमा कार्यक्रमहरु प्रस्तुत गर्ने भएको छ । विभिन्न गीत, छोटा चलचित्र तथा कथानक चलचित्र ‘भिसा–गर्ल’ उत्पादन र प्रसारण गरिसकेको सीजी इन्टरटेनमेन्टले अब आफ्नो यु–ट्युब च्यानल शुरु गर्न लागेको हो ।

हरेक दिन केही न केही नयाँ खुराक प्रस्तुत गर्ने योजना अनुसार यही डिसेम्बर २२ तारिखदेखि हरेक शुक्रबार साँझ ८ बजे बसन्त चौधरीले प्रस्तुत, गर्ने कार्यक्रम ‘मनका कुरा विथ बसन्त चौधरी’ सीजी इन्टरटेनमेन्टको आधिकारीक यूट्युव च्यानल मार्फत नियमित रुपमा प्रसारण हुनेछ ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरुसँग अन्तरङ कुराकानी प्रस्तुत हुनेछ। सो कार्यक्रम उत्पादन गर्नका लागि सीजी इन्टरटेनमेन्टले आफ्नो छुट्टै स्टुडियोको स्थापना समेत गरिसकेको संस्थाका सह–अध्यक्ष हरिहर शर्माले जानकारी दिए ।

हाल ‘मनका कुरा विथ बसन्त चौधरी’ उत्पादन र प्रसारण गर्न लागेको सीजी इन्टरटेनमेन्टले आगामी जनवरीदेखि अन्य कार्यक्रम पनि शुरु गर्ने तयारी गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

Techie IT