Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालजबरजस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ

जबरजस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ


नवलपुर । नवलपुरमा १६ वर्षीया बालिकाको जबर्जस्ती बालविवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका छन् ।

नवलपुर सदरमुकाम कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटका ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको जबर्जस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका हुन् ।

बालविवाह भएको भन्ने सूचना पाउनासाथ विवाह गर्ने र गराउने ५ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले बताए ।

उनका अनुसार बालिकाको भाउजूले उजुरी दिएकी थिइन् ,उजुरीमा मंसिर २९ गते आफ्नो घरबाट केही पर रहेको सानीमाको घर लगेर १६ वर्षकी छोरीलाई उनकी आमाले विवाह नगर्ने भए आफू झुण्डेर मर्ने भन्दै विवाह गर्न दबाब दिएको उल्लेख गरिएको छ ।

उनीहरूलाई मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा १७३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक शर्माले बताए । उक्त दफाअनुसार जबर्जस्ती बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT