Techie IT
२०८२ साउन ३१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालयुएई पहिलो श्रम गन्तव्य, मंसिरमा मात्रै १८ हजार बढीले लिए श्रम स्वीकृति

युएई पहिलो श्रम गन्तव्य, मंसिरमा मात्रै १८ हजार बढीले लिए श्रम स्वीकृति


काठमाडौँ । पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स ९युएई० बनेको छ । वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिर महिनामा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका हुन् । अघिल्लो वर्ष मङ्सिर महिनामा तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको मङ्सिर महिनामा ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएकोमा युएई पहिलो श्रम गन्तव्य देश बनेको हो । विभागका अनुसार कतारका लागि १४ हजार १५९ जनाले श्रम स्वीकृति लिएर दोस्रो श्रम गन्तव्य देश भएको छ । जबकी अघिल्लो आव मङ्सिर महिनामा कतार चौथोमा थियो । यो वर्ष मङ्सिरमा मलेसियाका लागि नौ हजार ७७५ जनाले मात्रै श्रम स्वीकृति लिएर चौथो श्रम गन्तव्य देश भएको छ । विभागका अनुसार यस वर्षको मङ्सिर महिनामा साउदी अरबका लागि १३ हजार ९८३ जनाले श्रम स्वीकृति लिएका छन् ।

विभागका अनुसार चालु आव २०८०र८१ को पहिला पाँच महिनामा रोजगारीका लागि बिदेसिएकामध्ये सबैभन्दा धेरै मङ्सिरमा गएका छन् । मङ्सिर महिनामा ७१ हजार २७६ युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् । विभागका अनुसार चालु आवका पाँच महिनामध्ये कात्तिकबाहेक अन्य महिना रोजगारीमा जानेको सङ्ख्या ५० हजारभन्दामाथि नाघेको छ । कात्तिकमा नेपालीको ठुला चाडपर्व दसैँ, तिहार भएका कारण यो महिना भने बिदेसिनेको सङ्ख्या नबढेको हो ।

गत आव २०७९र८० को मङ्सिरमा श्रम स्वीकृति सङ्ख्या ६८ हजार ५६४ थियो । गत आवको सोही अवधिको तुलनामा श्रम स्वीकृति सङ्ख्या बढेका कारण चालु आवमा पनि विदेश जानेको सङ्ख्या उच्च हुने सङ्केत देखिएको छ । चालु वर्षको मङ्सिरसम्म वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दुई लाख ७७ हजार पुगेको छ । गत आवको मङ्सिरसम्म श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख २४ हजार २४३ थियो । गत वर्षको सोही अवधिको तुलनामा कम भए पनि यो वर्ष औसतभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाने देखिएको छ । गोरखापत्र दैनिक




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले बोधगयामा भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आगामी भारत भ्रमणमा समकक्षी नरेन्द्र मोदीसँग बोधगयामा द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।

रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन

काठमाडौं । कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर तीनमा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निर्वाचन आयोगमा

पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि…

काठमाडाैँ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याएको छ । बोध र अभिव्यक्ति खण्डको अभ्यास

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

Techie IT