Techie IT
२०८१ जेठ १, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा सुरत खत्री निर्वाचित

एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा सुरत खत्री निर्वाचित


काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा सुरत खत्री निर्वाचित भएका छन् । सोमबार काठमाडौँमा भएको दोस्रो प्रदेश सम्पर्क कमिटीको अधिवेशन खत्री निर्वाचित भएका हुन् ।

उनले ६७ मत ल्याएका थिए । अध्यक्षका अर्का उम्मेदवार रोशनदेव पन्तले ६२ मत प्राप्त गरेका थिए । अध्यक्ष पदका लागि निर्वाचन भएपछि अन्य पदहरुमा भने सर्वसम्मत भएको थियो ।

उपाध्यक्षमा वीरबहादुर धामी, सचिवमा खगेन्द्र साउँद, उपसचिवमा पार्वती कठायत खड्का र नरेशबहादुर धमेना निर्विरोध निर्वाचित भए ।

सदस्यहरुमा दीपेन्द्रसिंह ऐरी, किरण सिंह विष्ट, उर्मिला साउँद, सिंहलाल बोहरा, दिनेशबहादुर धामी, नवराज श्रेष्ठ, पालुराम चौधरी, रुपेश कुमार साउँद, नविनराज गिरी निर्विरोध भएका छन् । अन्य केही सदस्य पदहरु भने खाली रहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आजदेखि भृकुटीमण्डपमा ‘विद्यार्थी महोत्सव–२०८१’ सुरु

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘विद्यार्थी महोत्सव–२०८१’ सुरु हुँदैछ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संगठन स्थापनाको ६० वर्ष

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

काठमाडौँ । स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । युरोपेली संघ–नेपाल व्यापार मञ्चको बैठकमा

‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन बालेन शाह फ्रान्स प्रस्थान

काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) फ्रान्स प्रस्थान गरेका छन्

प्रधानमन्त्रीसँगको भेटपछि संसद खुलाउन कांग्रेस सकारात्मक

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसद अवरुद्ध खुलाउने विषयमा सकारात्मक भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल

जसपा नेपालको केन्द्रिय समितिको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुने जनाइएको

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज

Techie IT