Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालराष्ट्रपति पौडेलद्वारा शालिग्राम सङ्ग्रहालयको अवलोकन

राष्ट्रपति पौडेलद्वारा शालिग्राम सङ्ग्रहालयको अवलोकन


बागलुङ । राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गरेका छन् । सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि यहाँ आएका उनले उक्त सङ्ग्रहालयको अवलोकन गरेका हुन्।

सङ्ग्रहालय अवलोकन गर्न कुँडुले पुगेका राष्ट्रपति पौडेललाई मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, ऋषि प्रपन्नाचार्यलगायतले स्वागत गरेका थिए । सङ्ग्रहालय अवलोकनपछि राष्ट्रपति पौडेलले विष्णु भगवानको प्रत्यक्ष अवतार शालिग्रामको सङ्ग्रह गरेकामा धन्यवाद दिए । बागलुङसँगको आफ्नो सम्बन्ध निकट रहेको उनले उल्लेख गरे ।

“मैले बागलुङमा धेरै समय बिताए”, राष्ट्रपति पौडेलले भने । उनले २०४६ सालको जनआन्दोलनमा बागलुङ कारागारमा जेल जीवन बिताएको उल्लेख गरे । राष्ट्रपति पौडेलले कालीगण्डकीको धेरै ठूलो महत्व रहेकाले यसको संरक्षणमा जोड दिए। कालीगण्डकीको संरक्षण नगरे बागमतीको जस्तै अवस्था हुने उनको भनाइ थियो ।

नेपाल धार्मिक, सांस्कृतिक र परम्पराले भरिएको मुलक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सांस्कृति पक्षको संरक्षणमा सबै पक्षले ध्यान दिनुपर्ने बताए । “पानीको स्रोतको सुरक्षा गर्न जरुरी छ, पानी भएर नै सिङ्गो जगत छ, त्यसले गर्दा हिमाल, वन जङ्गलको संरक्षण गर्नुपर्छ, कालीगण्डकी धार्मिक हिसाबले निकै महत्वपूण रहेकाले यसको संरक्षणमा लागौँ”, राष्ट्रपति पौडेलले भने– “म बागलुङको मायाले यो स्थानमा पुगेको छु, यहाँ मैले धेरै समय बिताएको छु, यहाँको जनताले मलाई यहाँसम्म पु¥याएका हुन ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT