Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल सुपर लिगः ललितपुर र धनगढी उपाधिका लागि भिड्ने

नेपाल सुपर लिगः ललितपुर र धनगढी उपाधिका लागि भिड्ने


काठमाडौँ । ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितको फाइनलमा प्रवेश गर्यो ।

दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा स्थान बनाएको हो ।

ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको दोस्रो क्वालिफायर खेल अतिरिक्त समयमा गएको थियो । खेलको निर्धारित ९० मिनेटसम्म खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको हो ।

ललितपुरको जितमा इमो इजिकेल र कुशल देउबाले एक–एक गोल गरे भने पोखराको लागि भने स्टेफन अन्नोरले गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा इजिकेलको गोलमार्फत पोखराले अग्रता लियो । खेलको ७१ औँ मिनेटमा ललितपुरका अन्नोरले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए ।

त्यसपछी खेलको ९९ औँ मिनेटमा कुशलको गोल निर्णायक बन्दा ललितपुरले पोखरामाथी २–१ गोलको रोमाञ्चक जित निकाल्यो ।

खेलको ३३ औं मिनेटमा ललितपुरका निखिल कदमले दाहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा सिमित भएको थियो ।

अब फाइनलमा ललितपुरको भेट धनगढी एफसीसँग हुनेछ । दुई टोलीले दोस्रो संस्करणको एनएसएलको उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछन् ।

फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे सुरु हुनेछ । यस संस्करणको विजेताले ७० लाख तथा उपविजेताले २० लाख पुरस्कार प्राप्त गर्नेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुने

काठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

Techie IT