Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालमन्त्रीले भीडसँग विवाद गर्नुले पनि परिस्थिति असहज बन्योः आइजीपी कुँबर

मन्त्रीले भीडसँग विवाद गर्नुले पनि परिस्थिति असहज बन्योः आइजीपी कुँबर


काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले बालकुमारी घटनामा त्यति ठुलो मानवीय तथा भौतिक क्षति हुनुका पछाडि प्रहरीमात्रै दोषी नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक कुँवरले यस्तो बताएका हुन् ।

आइजीपी कुँबरले आक्रोशित भीडले प्रदर्शन गरिरहेका बेला मन्त्रीको सवारी हुनु र मन्त्रीले भीडसँग विवाद गर्नुले पनि परिस्थिति असहज बनेको बताए । उनले प्रहरीसँग सीमित श्रोत साधन र जनशक्ति भएका कारण भीड नियन्त्रणमा समस्या भएको बताए ।

‘युवाहरू प्रदर्शनमा रहेको बेला नै मन्त्रीको सवारी हुँदा समस्या भयो । मन्त्रीज्यू हिँड्दाखेरि पीएसओले जानकारी लिएर रुट क्लियर छ कि छैन भन्ने कुराको समन्वय हुनुपर्ने थियो । भीडमा आएर गाडी रोकिएपछि मन्त्रीसँग सामान्य विवाद पनि भयो । त्यसकारण पनि समस्या भयो, नभए यति ठूलो क्षति हुने थिएन ।’

उनका अनुसार भीड नियन्त्रणकारलागि प्रहरीले अश्रुग्याँस १२४ सेल, रबर बुलेट र हवाइ फायर गरेको थियो । उपयुक्त समयमा प्रहरी र पीएसओबीच सञ्चार समन्वय नभएको र भीडमा परेपछि प्रहरीले पनि धैर्यता गुमाएको अवस्था देखिएको आइजी कुँवरले बताए ।

प्रदर्शनकारीहरूको नेतृत्व गर्ने कोही नभएको र अराजक रूपमा जसले जे पायो, त्यही गर्ने अवस्था भएपछि झन् ठूलो क्षति नहोस् भनेर नै प्रहरीले पूर्वसतर्कता अपनाएर गोली चलाउन बाध्य भएको स्थिति देखिएको कुँबरको भनाई छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT