Techie IT
२०८२ कात्तिक १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालडेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता तिरेसँगै जोडियो हिमाल आइरनमा बिजुली

डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता तिरेसँगै जोडियो हिमाल आइरनमा बिजुली


काठमाडौँ । बारा–पर्सा औद्योगिक कोरिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न सुरु गरेको छ । बिल तिरेपछि उक्त उद्योगको लाइन समेत जोडिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले लाइन काटेपछि उद्योगहरुले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् खपत गरेबापत छुट गरिएको बिलको बक्यौता रकम तिर्न थालेका छन् । बक्यौता रकम तिर्ने उद्योगको विद्युत् लाइन पुनः जोडिन थालिएको छ ।

हिमालले स्टिलले बक्यौता रकमको पहिलो किस्ताबापत सोमबार २७ लाख १० हजार रुपैयाँ बुझाएको छ । हिमाल स्टिलको ८ करोड १२ लाख रुपैयाँ बक्यौता छ ।

उद्योगले पहिलो किस्ता बापतको रकम सोमबार बुझाएको हो । बक्यौता बुझाएपछि विद्युत् लाइन जोडिएको विद्युत् प्राधिकरणले जनाएको छ । हिमाल स्टिलले २६ किस्तामा रकम तिर्न सकिने जानकारी प्राधिकरणलाई दिएको छ ।

शुक्रबार नै विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाउने निर्णय गरेको थियो । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरणको बोर्ड बैठकले जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था गरेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT