Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपाल इन्जिनियरिङ कलेजमा हल्ट प्राइजकाे नयाँ संस्करण जारी

नेपाल इन्जिनियरिङ कलेजमा हल्ट प्राइजकाे नयाँ संस्करण जारी


काठमाडाैँ । नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीहरूको लागि नोबेल पुरस्कारका रूपमा परिचित हल्ट प्राइजकाे नयाँ संस्करण सुरू भएकाे छ । विद्यार्थीहरूलाई रचनात्मक र सामाजिक उद्यमहरू विकास गर्न प्रोत्साहित गर्ने हल्ट प्राइजकाे याे संस्करणमा सहभागीहरूले आ-आफ्ना प्रस्तुतिहरू दिइरहेका छन् ।

नेक हल्ट प्राइजका क्याम्पस निर्देशक सुवास खनालका अनुसार अक्टोबर १२ मा समिति सदस्यहरु सँग ग्रूमिङ र परिचयात्मक सत्रको आयोजना गरिएकाे थियो । जहाँ आयोजक समिति सदस्यहरुलाई हल्ट प्राइजको बारे परिचय र समिति सदस्यको रूपमा आफ्नो भुमिका बारे जानकारी दिइएकाे थियाे ।

गत नोभेम्बर ९ मा प्रेरणादायी र सशक्तिकरण द हल्ट प्राइज कम्युनिटी नामक प्रेरक सत्रको आयोजना गरिएकाेमा नेकका विद्यार्थी कल्याण मशाशाखाका प्रमुख एशाेसिएट प्राध्यापक सचिन श्रेष्ठले हल्ट प्राइजमा नेककाे यात्रा र नेकको प्रभाव बारे जानकारी दिएका थिए । साे क्रममा सहभागीहरूले हल्ट प्राइज २०१८/०१९ का क्षेत्रीय फाइनलिस्ट संयोग उपाध्यायको हल्ट यात्राकाे बारेमा बुझ्ने मौका पनि पाए ।

त्यस्तै नाेभेम्बर २९ मा प्रतिष्पर्धीहरूकाे परिचयात्मक सत्र चलाइएकाेमा साेहि सत्रमा सहभागीहरूलाई हल्ट पुरस्कारको बारेमा अभिमुखीकरण दिइएको थियो । सहभागीहरूलाई कलेजकाे हल्ट प्राइजकी पूर्व निर्देशक तानिया लामिछानेले हल्ट प्राइज २०२३ को विषयवस्तु बारे जानकारी दिइन् ।

६ डिसेम्बरमा ‘द आर्ट इज पिचिङ’ नामक सत्रको आयोजना गरिएकाे र सत्रका अतिथि वक्ता अमरेश शाह थिए । उक्त सत्रमा सहभागीहरूले प्रस्तुत गर्ने विषयवस्तुहरूलाई कसरी आकर्षक ढंगले प्रस्तुत गर्न सकिन्छ भन्ने सञ्चार प्रविधिहरूबारे छलफल गरिएको थियो ।

यस्तै, १५ डिसेम्बरमा Edu Eyrie India सँगको सहकार्यमा उद्यम कार्यशाला आयोजना गरिएको थियो । सत्रका अतिथि वक्ता अक्षयकीर्ति विजय थिए । उनी भारतका प्रख्यात सिरियल उद्यमी हुन् । उनीसँग प्रशिक्षण, कोचिङ, सेल्स र बीपीओ सञ्चालनमा १७ वर्षभन्दा बढी अनुभव छ ।

नेक हल्ट प्राइजमा अन्य विभिन्न सत्रहरू अझै बाँकी रहेकाे क्याम्पस निर्देशक सुवास खनालले बताएका छन् । खनालका अनुसार नेक हल्ट प्राइजमा उद्यमीहरूसँग कुराकानी, व्यवसाय प्रस्ताव लेखन र अन्य सत्रहरू सञ्चालन गर्न बाँकी रहेकाे छ । प्रतियाेगिताले युवा विद्यार्थीहरूमा रहेकाे नविनतम साेच, खाेज र आइडियालाई प्रस्फुटन गराउन र इन्टरनेशनल एक्सपाेज प्राप्त गर्न टेवा दिइरहेकाे छ ।

नेकमा भइरहेको प्रतियोगितामा विद्यार्थीहरुले दिगो विकास लक्ष्यहरूसँग मिल्दोजुल्दो र समाजमा सकारात्मक प्रभाव पार्ने विषयहरूलाई प्रस्तुत गर्नेछन् । हल्ट प्राइज नेक क्याम्पस निर्देशक खनालका अनुसार कलेज स्तरीय प्रतियोगिताका विजेताले भारतको मुम्बईमा हुने एसिया रिजनल प्रतियोगितामा भाग लिनेछन् । त्यहाँ उत्कृष्ट भए ग्लोवल प्रतिष्पर्धामा भाग लिँदै उत्कृष्ट हुनेले एक मिलियन डलर बराबरको पुरस्कार प्राप्त गर्न सक्नेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT