गृहपृष्ठ ∕
नेपाल ∕
नेपवेस्टसँग भएको सम्झौता कार्यान्वयन वा रद्ध गर्ने काम चाँडै हुन्छः प्रधानमन्त्री नेपवेस्टसँग भएको सम्झौता कार्यान्वयन वा रद्ध गर्ने काम चाँडै हुन्छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकार र नेपवेस्टबीच भएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी सम्झौताको कार्यान्वयन वा रद्ध गर्ने काम चाँडै हुने बताएका छन् ।
सोमबार सिंहदरबारमा काठमाडौँ भ्याली मेयर्स फोरमले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन का लागि २० जुन २०११ मा भएको नेपवेस्टसँगको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको ज्ञापन पत्र ग्रहण गरेपछि सो प्रतिवद्धता जनाउनुभएको ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बताए ।
प्रधानमन्त्री दाहालले उपत्यका मेयर्स फोरमसँग छिटो भन्दा छिटो फोहोर व्यवस्थापन गर्न र सम्झौताअनुसार काम गर्नका लागि आवश्यक निर्देशन दिइसकेको मेयर महर्जनले बताए । उनले आफूहरुले नेपाल विद्युत प्राधिकरणले स्मार्ट सिटी लाइट राख्दा ६०/४० को नीति विपरित बिल पठाएको बारेमा पनि ज्ञापन पत्र बुझाएको बताए । सो बारेमा प्रधानमन्त्री दाहालले आफूले सम्बन्धित निकायलाई निर्देशक दिइसकेको स्पष्ट पारेको पनि मेयर महर्जनले बताए ।
प्रमुख महर्जनले ६०/४० को नीतिअनुसार सडक बत्तीको बिल पठाए आफूहरुले तिर्ने बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो