Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र गोर्खा वारियर फागुन ११बाट नेपालमा रिलिज

चलचित्र गोर्खा वारियर फागुन ११बाट नेपालमा रिलिज


काठमाडौँ । पहिलोपटक बेलायतमा ऐतिहाँसिक रेड कार्पेट प्रिमियर गरेपछि नेपाली चलचित्र ‘गोर्खा वारियर’ले अन्तराष्ट्रिय जगतमै चर्चा कमाएको छ । गोर्खा वारियर हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि समेत चयन भएपछि यसको चर्चा झनै चुलिएको छ । नेपालमा यो चलचित्रको तिब्र पर्खाइ भईरहेको बेला अब ११ फागुनबाट यसलाई देशव्यापी रिलिज गर्न लागिएको निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् ।

यो चलचित्रको रिलिजबारे निर्देशक चाम्सले भने,‘चलचित्र गोर्खा वारियरलाई नेपालमा हामीले फागुन ११ बाट रिलिज गर्दैछौं भने भारत र दक्षिण कोरियाको रिलिजकालागि यो फिल्मको बिक्री भईसकेको छ । यस्तै अमेरिकाको एउटा चर्चित वितरक कम्पनीले गोर्खा वारियरलाई भारत र कोरियाबाहेक विश्वव्यापी रुपमा रिलिज गर्दैछ ।’

नेपाली, हिन्दी, अँग्रेजी गरी तीन भाषामा निर्माण भएको यो चलचित्रलाई अब कोरियन भाषामा पनि रिलिज गरिने भएको छ । कोरिया रिलिजको लागि कोरियन भाषामा डबिङको कार्य पनि धमाधम भईरहेको निर्देशक चाम्सले जानकारी गराएका छन् ।

दोश्रो विश्व युद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले बीरताका साथ लडेर हाँसिल गरेको सफलतासँगै उनीहरुको सँघर्षको कथा यो चलचित्रमा समेटिएको छ । सँसारमै शाहसिक भनेर चिनिने गोर्खाली योद्धाको सँघर्षमा आधारित यो चलचित्रले उनीहरुको युद्धसँगै पारिवारिक कथालाई गोर्खा वारियरले पर्दामार्फत विश्वका दर्शकमाझ पु¥याउने कथन निर्देशक मिलन चाम्सको रहेको छ ।

यो चलचित्रका मुख्य अभिनेता रितेश चाम्सले गोर्खा वारियरबाटै डेब्यु गरेका हुन् । रितेससँगै यो चलचित्रमा विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ । यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

Techie IT