Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालसभामुख घिमिरे र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष बट्टिमरबीच शिष्टाचार भेट

सभामुख घिमिरे र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष बट्टिमरबीच शिष्टाचार भेट


काठमाडौँ । सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

नेपालको पाँच दिने औपचारिक भ्रमणमा आउनुभएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा सभामुख घिमिरे र अध्यक्ष बट्टिमरबीच दुई देशको सम्बन्धका बिस्तार र संसदमा आपसी सहयोगका बारेमा छलफल भएको संघीय संसद सचिवालयका कार्यवाहक महासचिव पद्यप्रसाद पाण्डेयले बताउनु भयो ।

उनले सभामुख घिमिरेले आफू आयरल्याण्ड भ्रमण जाँदा राखेका संसदीय अभ्याका सहयोग र आयरल्याण्डमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने कुराहरु उठाएको बताए ।

सभामुख घिमिरेले चीन र भारतको जस्तै नेपाली नागरिकलाई पनि बेलायतको भिसा लिएको खण्डमा आयरल्याण्ड भ्रमण गर्न अनुमति दिनुपर्ने कुरामा जोड दिएकाे कार्यवाहक महासचिव पद्यप्रसाद पाण्डेयले बताए ।

जवाफमा अध्यक्ष बट्टिमरले आफू उठेका प्रश्नमा गम्भीर रहेको र आयरल्याण्डमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति दिने कुरा अघि बढाउन भ्रमणपछि स्वदेश फर्किएलगत्तै आयरल्याण्डका शिक्षामन्त्रीसँग कुरा राख्ने प्रतिवद्धता जनाएकाे पनि कार्यवाहक महासचिव पाण्डेले बताए ।

भेटघाटको क्रममा आयरल्याण्डको उपल्लो सदनका अध्यक्ष बट्टिमोरले नेपाल र आयरल्याण्ड दुवै देशले साझा मुद्दाहरुमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमवार बिहान नेपाल आएका हुन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका उच्च पदस्थ व्यक्तिसँग भेट गर्ने कार्यक्रम रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT