Techie IT
२०८१ असोज ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनइन्डियन आइडलको टप ११ मा पुगेकी मेनुका पौडेलको ‘बादलु माथि’ सार्वजनिक

इन्डियन आइडलको टप ११ मा पुगेकी मेनुका पौडेलको ‘बादलु माथि’ सार्वजनिक


काठमाडौँ । भारतीय रियालिटी शो इन्डियन आइडलको टप ११ मा पुगेर चर्चाको शिखरमा रहेकी गायिका मेनुका पौडेलको स्वरमा ‘बादलुमाथि’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

चर्चित गायक राजनराज शिवाकोटी र मेनुका पौडेलको संयुक्त स्वर रहेको उक्त गीत रेबेल क्रिएशनले बजारमा ल्याएको हो।

अत्यन्तै कर्णप्रीय स्वरमा रहेको उक्त गीतको शब्द एवं संगीत चर्चित गायक एवं संगीतकार राजनराज शिवाकोटी स्वयंले गरेका हुन्। नेपालमा मात्र नभई हाल भारतमा समेत चर्चाको शिखरमा पुगेकी गायिका मेनुकाको उक्त गीतको भिडियो सम्पादन नकुल खड्काले गरेका छन्।

रेबेल क्रियशनले गीतको अफिसियल भिडियोसमेत छिट्टै ल्याउने बताएको छ। गीतका निर्माता गगनलाल प्रधानले मेनुकाको स्वरको यो गीतले उनको थप मनोबल बढ्ने विश्वासका साथ गीत सार्वजनिक गरिएको बताए।

नेपाली चेलीलाई भारतीय भूमिका मिलिरहेको सफलतालाई थप ऊर्जा मिलोस् भनेर आफूहरूले यो गीत सार्वजनिक गरिएको उनले बताए।

गीतका गायक राजनराज शिवाकोटीले मेनुकाको प्रतिभालाई सही समयमै श्रोतामाझ पुर्‍याउन आफूहरूले यो गीत बजारमा ल्याएको बताए ।

‘मेनुकाले जुन सफलता हासिल गरिरहेकी छिन् यो गीतले त्यो सफलतामा अझै ऊर्जा भर्नेछ भन्ने विश्वास लिएको छु, ’उनले भने, ‘इन्डियन आइडलमा सङ्गीतकी साक्षात् स्वरूप’ भनेर परिचय बनाएकी मेनुका पौडेलको यो गीतले उनको ‘सांगीतिक उडान’मा थप सफलता मिल्ने विश्वास आफूले लिएको छु।’

इन्डियन आइडलमा मिलिरहेको सफलता र चर्चाकै बीचमा बजारमा आएको नेपाली गीतलाई थप चासोका साथ हेरिएको छ । मेनुकाले इन्डियन आइडलमा दर्शक श्रोता माझ मात्र हैन कार्यक्रमका निर्णायक र अतिथिहरूलाई चकित हुने गरी गीत गाइरहेकिछिन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘चलचित्रको माध्यमबाट समाज रुपान्तरणमा योगदान’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताएका छन् । संविधान दिवसको

‘होस्टेल–३’को छायांकन सुरु

काठमाडौँ । चलचित्र ‘होस्टेल–३’को छायांकन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । मुहूर्त

यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड सम्पन्न

काठमाडाैँ । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनको सम्पन्न भएको छ । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित

हिमाल श्रेष्ठ र शान्तिश्रीको मायाँ युकेको सार्वजनिक

काठमाडौँ । गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी भाका यतिबेला बजारमा ल्याएका छन् । गायक हिमाल श्रेष्ठले यो गीतको

चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा आएको छ । हिमाली सौन्दर्य र संस्कृतिको कथावस्तुलाई समेटेर बनेको यो चलचित्र नेपाली सिनेमामा

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘ज्वाईं साव’को गीत सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । चलचित्र

Techie IT