Techie IT
२०८२ साउन १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालदाङमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु, २३ जना घाइते

दाङमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु, २३ जना घाइते


तुलसीपुर । दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् ।

मृतकमध्ये हालसम्म ८ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरूमा बाँकेका ६० वर्षका कुसुम बस्नेत, ३० वर्षका रामवरण हरिजन, जुम्ला श्रीढुङ्गाका ४० वर्षका मुनबहादुर राउत, मकवानपुर हेटौडाका ३९ वर्षका शौरभ विष्ट, रुकुमको साविक गोतामकोट गाविसका २५ वर्षका दीपक कामी, काठमाडौँ चन्द्रागिरीका ६४ वर्षका ताराकान्त पाण्डे, भारत विहारका ६७ वर्षका जोगेन्द्र भनिने योगेन्द्र राम र भारत उत्तर प्रदेशका ३१ वर्षका मुने रहेका छन् । मुने भनिने व्यक्तिको थरे पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि जनक बहादुर मल्लले बताए ।

मुने भनिने व्यक्तिको थर र बाँकी ४ जना मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गयराति साढे १० बजेतिर पुलबाट राप्ती नदीमा खसेको थियो । धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ ।

प्रहरी निरीक्षक सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा लगिएको छ । चालकलाई पक्राउ गरिएको र दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको पनि डिएसपि मल्लले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ

गुल्मी । गुल्मीका किसानहरु यतिबेला खेतमा धान रोपाइँमा व्यस्त बनेका छन । वर्षा शुरु भएसँगै यहाँका किसानहरुलाई खेत रोपाइँको चटारो

भोटेकोशीमा बाढी: रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएको छ । बाढीलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको

नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

काठमाडाैँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । अघिल्लो हप्ता अमेरिकी सरकारले

नगरप्रमुख भट्टराईले माइतीघरमा शुरु गरे सत्याग्रह

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई कपाल मुण्डन गरी काठमाडौंको माइतीघरमण्डलामा सत्याग्रहमा बसेका छन् । सिंहदरबारको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा अघि बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको क्षमता

कोशी प्रदेशमा व्यावसायिक कफीखेती

काठमाडौं । कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती शुरु गरिएका छन् । प्रदेशको दुई

Techie IT