Techie IT
२०८१ वैशाख २२, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालस्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आवद्ध गर्ने प्रक्रिया शुरु: गृहमन्त्री श्रेष्ठ

स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आवद्ध गर्ने प्रक्रिया शुरु: गृहमन्त्री श्रेष्ठ


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापन स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आवद्ध गर्ने प्रक्रिया शुरु भएको बताएका छन् ।

मंगलवार भूकम्प दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद् व्यवस्थापनमा स्वयंसेवकको पनि भुमिका महत्वपूर्ण देखिएको बताउँदै उनीहरुलाई राष्ट्रिय प्रणालीमा आवद्ध गर्ने प्रक्रिया शुरु गरिसकेको बताए ।

गृहमन्त्री श्रेष्ठले काठमाडौँ उपत्यकाका विद्यालय, सरकारी भवन र अस्पताल गरी ५३ वटा भवन संरचना र ४ वटा सडकहरु भूकम्पीय जोखिमका हिसावले संवेदनशील रहेको पनि बताए ।

मन्त्री श्रेष्ठले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवास्थापन प्राधिकरणले जापान सरकारको सहयोगमा गरेको अध्ययनले उपत्यकाका विद्यालय,सरकारी भवन र अस्पताल गरी ५३ वटा भवन संरचना र ४ वटा सडकहरु भूकम्पीय जोखिमका हिसावले संवेदनशील अवस्थामा रहेको र तिनको प्राथमिकतामा राखि पुनः निर्माण गर्नुपर्ने देखाएको बताए ।

उनले पुनः निर्माण गर्नका लागि ३२ वटा विद्यालय भवनका लागि १ अर्ब ६३ करोड, १३ वटा स्वास्थ्यचौकीको लागि ३८ करोढ ७४ लाख रुपैयाँ र ८ वटा सरकारी भवनको लागि ५१ करोड ८० लाख रुपैयाँ र ४ वटा सडकको लागि १ अर्ब ७ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको बताए ।

गृहमन्त्री श्रेष्ठले विपद्पूर्व तयारीका लागि संघ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्नुपर्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौँ महानगरले १ लाख बीमितको कार्ड जारी गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । कामपाभित्र स्वास्थ्य बीमा

सरकारले गर्‍यो ६ सचिवको सरुवा

काठमाडौँ । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णय

काठमाडौँ । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार, अवस्था गम्भीर

काठमाडौँ । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ । छात्राको अवस्था

जापान पठाइदिन्छु भन्दै ३ करोड ठग्ने दुई जना पक्राउ

काठमाडौँ । अरूको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ

स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्तः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता

Techie IT