Techie IT
२०८२ वैशाख १६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालजाजरकोट भूकम्प पुनर्निर्माणका लागि ७३ अर्ब लाग्ने

जाजरकोट भूकम्प पुनर्निर्माणका लागि ७३ अर्ब लाग्ने


काठमाडौँ । भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ७३ अर्ब रुपैयाँ लाग्ने भएको छरु। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत वर्ष भूकम्पले क्षति पु¥याएका डोटीसहित जाजरकोट, रुकुम पश्चिम, बाजुरा, सल्यान र बझाङमा स्थायी संरचना निर्माणका लागि सो रकम आवश्यक पर्ने जनाएको हो ।

भूकम्पबाट क्षतिपछिको आवश्यकता आकलन कार्यदलले स्थायी संरचना निर्माणमा ७३ अर्ब ७९ लाख र पुनर्निर्माणका लागि ४८ अर्ब २९ करोड ४९ लाख रुपैयाँ लाग्ने अनुमान गरेको हो । पुनःस्थापनाका लागि मात्र २८ करोड ९६ लाख लाग्ने प्राधिकरणको अनुमान छ ।

मठमन्दिर, विद्यालय, सरकारी कार्यालय भवन पुनर्निर्माणका लागि लागि १३ अर्ब ८७ करोड ५४ लाख लाग्ने अनुमान छ । भूकम्पले क्षति पुगेका घरहरू थपिने क्रम जारी रहेकाले त्यस्ता घरधुरीको संख्या ९५ हजार ७ सय ८७ पुग्ने प्रारम्भिक अनुमान छ ।

भूकम्प प्रभावित पाँच जिल्ला जाजरकोट, रुकुम पश्चिम, बाजुरा, सल्यान र बझाङमा अहिलेसम्म कुल लाभग्राहीको संख्या ६७ हजार ७८० रहेको प्राधिकरणले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

Techie IT