Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालदशगजाको १७ किमी क्षेत्र खाली गरिएको छ: सशस्त्र प्रहरी बल

दशगजाको १७ किमी क्षेत्र खाली गरिएको छ: सशस्त्र प्रहरी बल


काठमाडौँ । नेपाल र भारतीय सुरक्षा सङ्गठनको समन्वयमा दुवै देशको सिमाना दशगजा खाली गर्ने कार्य अघि बढिरहेको छ ।

सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलको समन्वयमा हालसम्म ३८ स्थानमा पाँच सय ५६ घरटहरा हटाई करिब १७ किमी दशगजा खाली गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले सोही क्रममा दशगजा क्षेत्रमा १८ वटा भौतिक संरचना निर्माणमा तथा २६ स्थानको करिब १३।३२ बिघा क्षेत्रमा खेतीपाती गर्न रोक लगाइएको बताए ।

त्यस क्रममा एक सय ६१ स्थानमा करिब एक सय ७३ किमी दशगजा क्षेत्र सरसफाइ गरिएको जानकारी दिइयो । दुवै देशको सीमालाई व्यवस्थित गर्न सीमा स्तम्भ निर्माण, मर्मतसम्भार र पुनः स्थापनासम्बन्धी मापदण्ड बनाएर हालसम्म एक हजार आठ सयभन्दा बिजोर सीमा स्तम्भको मर्मत गरिएको पनि बलले जनाएको छ ।

जोर अङ्कको सीमा स्तम्भ निर्माण कार्य भने भारतीय पक्षबाट हुँदै आएको छ । हाल सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालका दुई सय ५३ पोष्ट खडा गरिएको छ ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार नेपाल र भारतबीच एक हजार आठ सय ८० किमी लामो सीमा छ । दुवै देशको सीमा क्षेत्रमा ठूला, मध्यस्थ र साना गरी आठ हजार पाँच सय ५३ वटा सीमा खम्बा रहने गरी नक्साङ्कन भए पनि हाल ५३ प्रतिशत मात्र गाडिएको छ ।

भारतमा अङ्ग्रेजका समयमा नेपाल र भारतका बीचमा ठूलो प्रकृतिका नौ सय १६ वटा जङ्गे पिलर गाडिएको थियो । त्यो सीमा स्तम्भ सात फिट अग्लो र साढे सात फिट गोलो आकारको छ । ठूला सीमा स्तम्भ तीनदेखि पाँच माइलको दूरीमा गाडिएको थियो भने पछि खम्बाका बीचमा एकदेखि तीन वटासम्म मध्यस्थ खम्बा छ । मध्यस्थ खम्बाका बीचमा दुईदेखि तीन वटासम्म साना पिलर रहने व्यवस्था गरिएको छ ।

बलले सीमा क्षेत्रका जनतामा सुरक्षा र विश्वासको वातावरण कायम गर्न त्यस भेगका वडाध्यक्षसँग जनचेतनामूलक अन्तरक्रिया गरिरहेको छ । सीमा प्रवेश क्षेत्रमा सौन्दर्यीकरणका लागि बलको अगुवाइमा विभिन्न कार्यक्रम अघि बढिरहेको छ । त्यस क्रममा सीमा नाकामा बलको पहलमा खानेपानी व्यवस्थापन, शीतलताका लागि वृक्षारोपण र राष्ट्रको शान झन्डा फहराउने कार्य भएका छन् ।

अर्धसैनिक बलका रुपमा रहेको सशस्त्र प्रहरीले सीमा सुरक्षा, दङ्गा नियन्त्रण, दैविक प्रकोप एवं विपद् व्यवस्थापनमा उद्धार र राहत तथा राजश्व सङ्कलनको जिम्मेवारीमा रही महत्वपूर्ण कार्य गर्दै आएको छ । बलले यही माघ ९ गते आफ्नो २३औँ स्थापना दिवस मनाउँदैछ ।

सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी उपस्थिति बढाउँदै लैजाने क्रममा पछिल्लो पटक २५ वटा सीमा सुरक्षा पोष्ट थप गरेको थियो । सीमा सुरक्षामा खटिएका युनिटको चेन अफ कमान्ड सुदृढ तुल्याउन तथा थप प्रभावकारी परिचालन गर्न ४५ वटा सीमा पोस्टलाई नायब उपरीक्षकको नेतृत्व रहने गरी सीमा सुरक्षा गुल्म स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबिच हुँदै आएको संयुक्त सीमा गस्तीलाई निरन्तरता दिँदै समन्वय र सहकार्यलाई थप बढाउन मैत्रीपूर्ण खेलकुद तथा समन्वय बैठकसमेत आयोजना हुँदै आएको छ ।

नेपाल–भारत तथा नेपाल–चीन सीमामा रहेका सीमा स्तम्भको विस्तृत विवरण जिआईएस प्रविधिद्वारा एपीएफ बोडर पिलर म्यानेजमेन्ट सिस्टम राख्ने कार्य भइरहेको पनि प्रवक्ता खड्काले बताउनुभयो ।

राज्यको भरपर्दो सुरक्षा निकायका रुपमा कानुनी व्यवस्था कायम राख्न मानवअधिकारको सम्मान गर्दै शान्ति सुरक्षा तथा सुव्यवस्थाका लागि बल अहोरात्र खटिरहेको सङ्गठनले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलाम २ र बझाङ १ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ का लागि शनिबार भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ

‘संसद् बन्द गरेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको मर्म विपरीत’

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बन्द गरेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको मर्म विपरीत भएको जनाएको छ

निर्धक्क भई मतदानमा सहभागी हुन आयाेगकाे आग्रह

काठमाडौँ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा भोलि शनिवार

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर

काठमाडाैँ विश्वकै प्रदूषित शहर बन्याे

काठमाडौँ । काठमाडौँ विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको ‘आईक्यू एअर’ ले गरेको मापनअनुसार आज

नेपाल र चीनबीच बोनम्यारो प्रत्यारोपण र मानव संशाधन विकाससम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल र चीनबीच दुई वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयसँग विश्वव्यापी

Techie IT