Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल क्रिकेट संघलाई एनआरएनएको १० लाख सहयोग

नेपाल क्रिकेट संघलाई एनआरएनएको १० लाख सहयोग


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल क्रिकेट संघ (क्यान)लाई १० लाख रुपैँया सहयोग गरेको छ ।

टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरुको सहयोगको लागि नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् हौसलास्वरूप १० लाख रुपैयाँ प्रदान गरेको हो ।

एनआरएनए अध्यक्ष बद्री केसीले नेपाललाई चिनाउने क्यानसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताउँदै नेपालमा खेलाडी बन्ने रहर भएतापनि व्यवस्थापन गर्नुपर्ने विडम्बना भएकाले एनआरएनएले केही मात्रमा क्रिकेटमा सहयोग गरेको बताए ।

कार्यक्रममा एनआरएनए युवा उपाध्यक्ष एवं खेलकुद प्रतिष्ठानका रोशनकुमार थापाले नेपाली मात्रै एकजुट भइ सस्टिनेबल पूर्वाधार बनाउन योजना बनाएमा एनआरएनएले हाम्रो हरेक खालको सहयोग गर्न तयार रहेको बताए ।

एनआरएन सचिव पारसमणी पोखरेलले ५० हजार नेपाली नागरिक बस्ने टेक्सासमा आगामि जुन ४ मा हुने नेपाल र नेदरल्याण्डको खेलमा अहिलेसम्मकै बढी नेपाली दर्शकको बलियो उपस्थित गराउने बताए ।

अर्का सचिव स्वतन्त्रप्रताप शाहले राष्ट्रिय टिमले विदेशमा बस्ने नेपालीलाई गर्व गर्ने वातावरण बनाएको भन्दै आगामी खेलेमा टिमलाई एनआरएनएको निरन्तर साथ हुने बताए ।

एनआरएनए आइसीसी सदस्य हेमन्त काफ्लेले खेलाडीले मुलुक चिनाउने काम गर्ने हुँदा मुलुक चिनाउने अभियानमा एनआरएनएले क्यानसंग हातेमालो गर्न पाउनु गौरवको कुरा रहेको बताए ।

कार्यक्रममा बोल्दै क्यानका सचिव एवं पूर्वकप्तान पारस खड्काले नेपाल विश्वकपमा छनोट भइसकेपछि धेरैले क्यानसँग जोडिन खोजेको भन्दै नेपाली क्रिकेटमा गैरआवासीय नेपालीको साथको आवश्यकता निरन्तर रहेको बताए ।

बिना लगानी वा थोरै लगानीमा यो स्थितिसम्म आइपुगेको भन्दै उनले क्रिकेटको संरचना पनि विकास हुन थालेको बताउनु हुँदै खड्काले राष्ट्रिय क्रिकेटमात्र होइन जिल्ला र स्थानीय संरचनालाई पनि सहयोग गर्नुपर्ने बताए ।

पूर्वकप्तान विनोद दासले क्रिकेटका उल्लेख्य फ्यान रहेकोमा पूर्वाधारमा नै ध्यान दिन नसक्नु कमजोरी भइरहेको बताए ।

क्यानका कार्यकारी सदस्य सुदीप शर्माले एनआरएनले गरेको सुरुवात स्वागतयोग्य रहेको र भोलिका दिनमा पूर्वाधार विकास र खेलाडीलाई अघि बढ्न मद्दत पुग्ने बताए ।कार्यक्रममा क्यानका सचिव पारस खड्का, व्यवस्थापक एवं पूर्वकप्तान विनोद दास, कार्यकारी सदस्य सुदिप शर्मालगायत उपस्थित पदाधिकारीलाई एनआएरएनले सम्मान गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप

काठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं

Techie IT