Techie IT
२०८१ वैशाख २७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअयोध्या राम मन्दिरमा आज प्राण प्रतिष्ठा

अयोध्या राम मन्दिरमा आज प्राण प्रतिष्ठा


काठमाडौँ । अयोध्यामा भगवान रामको आज प्राण प्रतिष्ठा हुँदैछ । आज श्रीरामको अभिषेक समारोह हुन लागेको हो ।

जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत धेरै अति विशिष्ठ पाहुनाहरु समारोहमा सहभागी हुनेछन् । सो मन्दिरका भगवान रामको नयाँ मूर्ति तयार गरी गर्भगृहमा स्थापना गरिएको छ । भगवान रामको ५१ इन्चको नयाँ मूर्तिलाई आज मात्र अभिषेक गरिनेछ ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र कोषका कोषाध्यक्ष गोविन्ददेव गिरीले अस्थायी मन्दिरमा राखिएको रामको पुरानो मूर्तिलाई नयाँ मूर्तिको अगाडि राखिने जानकारी दिएका छन् । जसलाई पनि आज मन्दिरमा अभिषेक गरिनेछ ।

गत हप्ता राम मन्दिरको गर्भगृहमा रामको ५१ इन्चको मूर्ति राखिएको थियो । रामका तीन वटा मुर्ति तयार पारिएको छ । जसमध्ये मैसूरका मूर्तिकार अरुण योगीराजले बनाएको मूर्तिलाई अभिषेकका लागि छनोट गरिएको थियो । अन्य दुई मुर्तिलाई पूर्ण सम्मान र सम्मानका साथ मन्दिरमा राखिनेछ ।

आज १२ः२० बजेवाट अभिषेक हुदैँछ । मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मस्थल अयोध्यामा जनवरी २२ मा राम मन्दिरमा श्रीरामको प्राण प्रतिष्ठा समारोहको लागि तयार छन्। पुस शुक्ल द्वादशीको अभिजित मुहूर्तमा दिउँसो १२ः२० बजे अभिषेक कार्यक्रम हुनेछ ।

सो समारोहका लागि रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले अभिषेक समारोहमा तीन हजार भिभिआईपीसहित सात हजारलाई आमन्त्रण गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु भएको छ । बिहान ७ बजेबाट त्यहाँ मतदान

ब्राजिलमा बाढीको कारण ५५ जनाको मृत्यु, ७४ व्यक्ति बेपत्ता

काठमाडौँ । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने ७४ जना बेपत्ता भएका छन् ।

अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग

काठमाडाैँ । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको

अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

Techie IT