Techie IT
२०८२ साउन ३१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालविश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको शिक्षण संस्था बनाउन लागिपरेको छुः प्रधानमन्त्री

विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको शिक्षण संस्था बनाउन लागिपरेको छुः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताएका छन् ।

शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका विज्ञसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको थलो बन्न नदिन खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न लागिएको स्पष्ट पारे ।

“देश बनाउन सबभन्दा ‘बेष्ट ब्रेन’ केन्द्रित हुनुपर्छ, विश्व विद्यालयलाई राजनीतिक भागबण्डाको थलो बनाउनु हुँदैन भनेर विगतको परम्परामा ‘ब्रेक थ्रु’ गर्न लागिएको छ, यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरिएको छ”, प्रधानमन्त्री दाहालले भने ।

उनले आफू प्रधानमन्त्री भएदेखि नै उज्यालो र समुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा अनवरत काम गरिरहेको उल्लेख गर्दै आमजनतालाई देशमै भविष्य छ भनेर भरोसा दिनुपर्ने दायित्व राज्यको भएकाले यसमा बौद्धिक समुदायको पनि महत्वपूर्ण भूमिका रहने बताए ।

“देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको हो”, उनले भने, “अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा रुपान्तरणको खाँचो छ । यसका लागि राज्यका साथै सबैले जिम्मेवारी लिनुपर्छ ।”

छलफलमा डा. केदारभक्त माथेमा, डा. पीताम्बर शर्मा, डा. विद्यानाथ कोइराला, डा चैतन्य मिश्र, प्रा. कृष्ण खनालसहित प्रबुद्ध व्यक्तित्व सहभागी थिए । उनीहरुले हालै विश्वविद्यालयमा भागबण्डा नगर्ने र ‘मेरिटोक्रेसी’बाट उपकुलपति छान्ने प्रक्रिया अघि बढाउनुले नयाँ आशा पलाएको बताएका थिए । उनीहरुले समग्र शिक्षा क्षेत्रसहित विश्वविद्यालयको पुनःसंरचना गर्नेगरी सुधार थाल्न सुझाव दिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले बोधगयामा भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आगामी भारत भ्रमणमा समकक्षी नरेन्द्र मोदीसँग बोधगयामा द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।

रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन

काठमाडौं । कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर तीनमा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निर्वाचन आयोगमा

पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि…

काठमाडाैँ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याएको छ । बोध र अभिव्यक्ति खण्डको अभ्यास

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

Techie IT