Techie IT
२०८१ वैशाख २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘फेक पत्रकारिताले मूलधारको पत्रकारितालाई असर गर्न थाल्यो’

‘फेक पत्रकारिताले मूलधारको पत्रकारितालाई असर गर्न थाल्यो’


कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पछिल्लो समय फेक पत्रकारिताले मूलधारको पत्रकारितालाई असर पार्न थालेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ कास्कीले आयोजना गरेको क्रियाशील पत्रकारहरूलाई पुरस्कार अर्पण समारोह कार्यक्रममा उहाँले पत्रकारिता क्षेत्रको विश्वसनीयता बढाउन मूलधारका पत्रकारहरू क्रियाशील बन्नुपर्नेमा जोड दिए ।

प्रदेश सरकारले ल्याउन लागेको सञ्चार ऐन आगामी हिउँदे अधिवेशनमा पेश गर्ने र त्यसको कार्यान्वयन नहुँदासम्म आफूलाई सधैँ झकझकाइ रहन पनि उनले आग्रह गरे ।

कार्यक्रममा पोखराका ७ जना पत्रकार पुरस्कृत भएका छन् । उनीहरूलाई नेपाल पत्रकार महासङ्घ कास्कीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेहरूमा कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, सन्देश श्रेष्ठ, प्रकाश ढकाल, दीननाथ बराल र कृपा भण्डारी छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गैरकानुनी बाटोबाट रोजगारीका लागि किर्गिस्तान नजान दूतावासकाे आग्रह

काठमाडौँ । पाकिस्तानको इस्लामावादमा रहेको नेपाली राजदूतावासले गैरकानुनी बाटो हुँदै किर्गिस्तानमा रोजगारीका लागि नजान आग्रह गरेको छ । रोजगारीको प्रलोभन

रसुवामा सम्बन्धविच्छेदका घटना बढे

रसुवा । गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका घटना बढेका छन् । गत आवमा रसुवा जिल्ला अदालतमा ४५

ललितपुरको बडिखेलमा लागेको डढेलोमा परेर घाइते भएका रमेश पहरीको पनि…

काठमाडौँ । गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ

काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाबीच फुटबल प्रतिस्पर्धा हुँदै

काठमाडौँ । उपत्यकाव्यापी अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा काठमाडौँ महानगरपालिकाबाट खेल्ने खेलाडीलाई प्रमुख बालेन्द्र शाह (बालेन) ले उच्च मनोबलका साथ

इलाममा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौँ । इलाममा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । झापाबाट इलाम आउँदै गरेको मे१ज ३२६३ नम्बरको भ्यान मेची

मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादकत्व बढाउनुपर्छः…

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादकत्व बढाउनुपर्ने बताएका छन् । विश्व मजदुर

Techie IT