Techie IT
२०८१ वैशाख २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालकाठमाडौँ उपत्यकामा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाडौँ उपत्यकामा आज यो वर्षको अहिलेसम्मकै चिसो


काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम आज यो वर्षको अहिलेसम्मकै कम तापक्रम देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन् ।

मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस देखिएको हो । ‘उपत्यकाका लागि यो तापक्रम यो वर्षको अहिलेसम्मकै कम तापक्रम हो’, उनले भने ।  यसअघि शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्रीसम्म झरेको थियो। आज त्यसभन्दा पनि तल गएको हो ।

त्यसो आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजेको मापनलाई मानिन्छ । त्यतिबेला तापक्रम अझ घट्ने सम्भावना हुन्छ । न्यूनतम तापक्रम जति घट्यो उति बिहान चिसो बढ्छ । मौसमविद् झाका अनुसार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम पनि बिस्तारै घट्ने क्रममा छ ।

यसै क्रममा आज उपत्यकाको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसको बीचमा रहने देखिएको उनले बताए । हिजो शनिबार यहाँको अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस थियो । मौसमविद् झाका अनुसार अहिले बिहान काठमाडौं उपत्यकामा हल्का हुस्सु लागेको छ भने भिजिबिलिटी (पारदर्शिता) ४ किलोमिटर छ । यसले यातायातमा खासै असर पार्दैन ।

दिउँसोतिर आकाशमा बादल विकास हुने भए पनि वर्षाको सम्भावना नरहेको र घाम लाग्ने अनुमान गरिएको मौसमविद् झाको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन

गण्डकी सरकारविरुद्ध कांग्रेसले दियो सर्वाेच्चमा रिट

काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा

आगामी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ: अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आगामी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्न आग्रह गरेका छन् ।

चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु, ३ जना घाइते

अछाम । चट्याङ लागेर अछाममा एक बालकको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा

गृह मन्त्रालयद्वारा हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे…

काठमाडौँ । गृह मन्त्रालयले कुनै पनि व्यक्ति अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेपछि हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन

विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गरौं: परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका नेता तथा कर्मचारीहरुले विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गर्नुपर्ने बताएका छन् ।

Techie IT