Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिहरेक राजनीतिक नेतृत्वले आध्यात्मिक शिक्षा लिनुपर्छः सांसद भगबती चौधरी

हरेक राजनीतिक नेतृत्वले आध्यात्मिक शिक्षा लिनुपर्छः सांसद भगबती चौधरी


सुनसरी । पछिल्लो समय समाज एकले अर्कालाई पछारेर कसरी अगाडी बढ्ने प्रतिष्पर्धामा उत्रिनु दुखःद भएको बताउँदै राजनीतिक नेतृत्वले आध्यात्मिक शिक्षा लिँदै समुन्नत समाज निर्माणमा काम गर्नु जरुरी रहेको सांसद भगबती चाैधरीले बताएकी छन् ।

धार्मिकताको आडमा एकले अर्कोलाई जित्ने तवरले अगाडी बढ्नु भन्दापनि सामाजिक, सहिष्णुता कायम गर्न राजनीतिक नेतृत्वमा आध्यात्मिक शिक्षा जरुरी रहेको बताइन् ।

गृहजिल्ला सुनसरीको दुहबी नगरपालिका वडा नम्बर आठमा सन्त कवीर गुरु रविदास आश्रमको शिलान्यास गर्दै चौधरीले विश्व नै धार्मिक आस्था लिएर एकले अर्कोलाई तहसनहत गर्न उद्यत हुँदा साम्प्रदायिकता फैलन सक्ने भएकोले यस्ता तिक्तता हटाउन हरेक नेतृत्वमा आध्यात्मिक चेतना हुनुपर्ने बताइन् । ‘दुषित समाज र होडबाजीको समाजलाई ठिक ठाउँमा ल्याउन, धार्मिक सम्प्रदायिकता निम्तन नदिन सबैको आस्थाप्रति सम्मान गर्दै राजनीतिक नेतृत्वले आध्यात्मिक शिक्षा लिनुपर्छ ।’ आध्यात्मिक शिक्षा लिए सत्य बोल्न प्रेरित गर्ने भन्दै चौधरीले भनिन् ।

हरेक टोल र क्षेत्रमा आध्यात्मिक सत्संघ, मन्दिर, आध्यात्मिक स्कुलहरु जरुरी रहेको भन्दै त्यसले मानवभित्र सदमार्गमा चल्न प्रेरणा दिने बताइन् । आजका धेरै विकसित देशहरु पनि धार्मिक संगठनबाट अगाडी बढ्दै राजनीतिक रुपमा उदाएको चर्चा गर्दै चौधरीले समाज, देशलाई सकारात्मक बनाउन धार्मिक गुरुहरुले पनि भूमिका खेल्नुपर्ने बताइन् ।

धार्मिकताका आधारमा मानिसको जीवन र स्वास्थ्यसँग धार्मिक नेतृत्वहरुले खेलवाड गर्ने गरेकोमा त्यस्तो नगर्न सुझाउँदै बरु समाजमा रहेको विक्रिति, विसंगति विरुद्ध चेतना प्रवाहमा लाग्न अनुरोध गरिन् । आध्यात्मिक सँगसँगै बैज्ञानिक विषयलाई पनि सँगसँगै अगाडी बढाए समाज सुधार्न टेवा पुग्ने बताइन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

यो सभा चलाउने तरिका भएन: राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरुले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

Techie IT