गृहपृष्ठ ∕ UK ∕ प्रधानमन्त्री प्रचण्डसँग बेलायतका सेनाध्यक्षको शिष्टाचार भेटप्रधानमन्त्री प्रचण्डसँग बेलायतका सेनाध्यक्षको शिष्टाचार भेट नेपालीपत्र बुधबार, २०८० माघ १७ गते, ११:११ मा प्रकाशित UK काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा नेपाल–बेलायत सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरूबीच द्विदेशीय सहयोग विस्तारबारे पनि छलफल भएको थियो ।नेपालको प्रमुख विकास साझेदार बेलायतले नेपालको सामाजिक–आर्थिक उन्नयनका निम्ति निरन्तर सहयोग गरेकामा प्रधानमन्त्री दाहालले हार्दिक आभार व्यक्त गरेका थिए। शिष्टाचार भेटमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालका लागि बेलायतका राजदूत तथा यहाँस्थित बेलायती राजदूतावासका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।आजै उनले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का तथा प्रधानसेनापति प्रभुराम शर्मासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए । #प्रचण्डग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शनलण्डन । लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । गोपीचन्द्रले २६ माइल दुरीको दौड २ घण्टा पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियोलण्डन । पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । सामुद्रिक खाना सेलफिस खोज्ने क्रममा करिब दुई साताअघिदेखि पासा पुचः गुथि यूकेले बिस्का जात्रा मनाउनेलण्डन । पासा पुचः गुथि यूकेले शनिबार १३ अप्रिलका दिन ‘लण्डन बिस्का जात्रा’ मनाउँदैछ । नेपाली नयाँ वर्ष २०८१ वैशाख ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्रीलण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का बेपत्तापोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति युकेतर्फ लाग्यो ‘द भ्वाइस अफ नेपाल’को टिमकाठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’को टिम सांगीतिक कन्सर्ट गर्न युकेतर्फ प्रस्थान गरेको छ । ‘भ्वाइस अफ नेपाल २०२४’को टोलीधेरै पढिएका खबर १ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने २ बिभिन्न जिल्लामा भएको आगलागीमा ७० भन्दा धेरै घरगोठ जले ३ कम्युनिष्टको सहकार्य र एकताले मात्र देशको चुनौती सामना गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड ४ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रह ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ७ नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस: अध्यक्ष ढकालThe Film Nepal