Techie IT
२०८१ वैशाख १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिटिआरसी विधेयकलाई बहुमतले टुंग्याउनुपर्छ: ओली

टिआरसी विधेयकलाई बहुमतले टुंग्याउनुपर्छ: ओली


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा छलफल भएको छ ।

छलफलपछि बाहिरिएपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेबारे छलफल भएको बताए । पत्रकारहरुसँग अध्यक्ष ओलीले भने, ‘राजनीतिको समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेबारे कुरा भयो । टिआरसी विधेयकलाई राम्रोसँग टुंग्याऔँ भन्ने कुरा भएको छ ।’ उनले टिआरसीबारे एमालेको अडान कायम रहेको पनि बताए ।

अध्यक्ष ओलीले टिआरसी विधेयकलाई सहमति भन्दा पनि बहुमत पुर्याएर राम्रोसँग टुंग्याउनुपर्ने बताए । उनले भने, ‘किन सहमतिमा गर्ने, बहुमत पुर्याएर राम्रोसँग टिआरसी विधेयकलाई टुंग्याउनु राम्रो हो ।’ संसद्को हिउँदे अधिवेशन माघ २२ गतेबाट सुरु हुँदैछ । यस अधिवेशनबाट विभिन्न कानुन पास गर्ने सरकारको तयारी छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलाम २ मा मतगणना सुरु

काठमाडौं । इलाम २ को उपनिर्वाचनको मतगणना सुरु भएको छ। सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिएको हो। मतगणना इलाम नगरपालिका–

जापानी परराष्ट्रमन्त्री वैशाख २३ गते नेपाल आउने

काठमाडौं । जापानी परराष्ट्रमन्त्री खामिखावा योको वैशाख २३ गते अर्थात् अर्को आइतवार नेपाल भ्रमणमा आउने भएको छ । जापानको विदेश

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको

इलाम र बझाङमा मतगणना हुँदै

काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय

आजबाट सुरु हुने लगानी सम्मेलनमा १ हजार ६ सय जनाको…

काठमाडौँ । आजबाट शुरु हुन लागेको दुई दिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार छ सय

इलाम २ र बझाङ १ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ का लागि शनिबार भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ

Techie IT