Techie IT
२०८२ कात्तिक ३०, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालएमाले धादिङ अधिवेशनको बन्दसत्र फागुन १ गतेबाट

एमाले धादिङ अधिवेशनको बन्दसत्र फागुन १ गतेबाट


काठमाडौँ । नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशनको बन्दसत्र फागुन १ गतेबाट सुरू हुने भएको छ ।

अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले आइतबारदेखि अवरूद्ध भएको बन्दसत्र फागुन १ गते बिहान ११ बजेबाट सुरू गर्ने जानकारी दिएका हुन् ।

‘एमाले धादिङको नवौं जिल्ला अधिवेशनको २०८० माघ २१ गते देखि सुरू भएको बन्द सत्र आन्तरिक तयारी गर्नुपर्ने भएकोले रोकिँदै आएकोमा २०८० माघ २३ गते एमाले केन्द्रीय संगठन विभागको अधिवेशन स्थगित कारबाही सुरू गर्नेबारे प्राप्त पत्रका आधारमा आगामी फागुन १ गते ११ बजेबाट बन्दसत्र सुरू हुने जानकारी गराउँछु,’ देवकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिनिधि मनोनयन र अध्यक्ष मण्डल बनाउँदा नै विवाद भएपछि अधिवेशन आइतबारदेखि अवरूद्ध छ । विवाद भएर हात हालाहालको अवस्था सिर्जना भएपछि अध्यक्ष केपी शर्माओलीले बागमती प्रदेश इन्चार्ज गुरू बराज, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा सहितका नेतालाई बालकोट बोलाएका थिए ।

आइतबार राति एक बजेसम्म भएको छलफलमा अधिवेशनमा देखिएको विवाद समाधान गर्न संगठन विभागले दुई जना प्रतिनिधि खटाउने सहमति भएको थियो भने बन्दसत्र मंगलबारबाट सुरू गर्ने समझदारी भएको थियो ।

अध्यक्ष ओली निवास बालेकाटमा भएको छलफलअनुसार सोमबार संगठन विभागले जिल्ला कमिटीको माइन्युट, प्रतिनिधि छनोटका कागजात झिकाएर अध्ययन थालेको थियो ।

एमाले धादिङमा अध्यक्षको लागि ओलीनिकट दुई नेताहरु मौजुदा अध्यक्ष त्रिपाठी र रामकुमार अधिकारी आकांक्षी छन् । दुवै जनाले समूह बनाएर प्रतिस्पर्धाको तयारी गरेपछि पाँच प्रतिशत प्रतिनिधि मनोनीतको विषय विवादको रूपमा देखा परेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT