गृहपृष्ठ ∕ नेपाल ∕ धम्की दिएर ५ करोड माग्ने २ जना पक्राउधम्की दिएर ५ करोड माग्ने २ जना पक्राउ नेपालीपत्र बिहीबार, २०८० माघ २५ गते, १५:२२ मा प्रकाशित नेपाल काठमाडौँ । पोखराको दीपस्थित सच्चाइ केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई धम्की दिएर ५ करोड रुपैयाँ फिरौती मागेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कास्कीले बिहीबार पत्रकार सम्मेलन गरेर पर्वतको खुर्कोटका ३६ वर्षका लक्ष्मण दर्जी र आर्थरका दीपक बहादुर क्षेत्रीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ परेका ३६ वर्षीय लक्ष्मण दर्जी ४ वर्षदेखि कतारमा बस्दै आएका थिए। तर उनी एक महिनाअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए ।उनीहरूले यही माघ १८ गतेदेखि पोखरा महानगरपालिका१६ लामाचौर निवासी सच्चाइ सेवा केन्द्रका सञ्चालक तथा सच्चाइ केन्द्र नेपालका केन्द्रीय अध्यक्ष गैरेलाई फोन र म्यासेजमार्फत् हिन्दी भाषा प्रयोग गरेर ५ करोड रुपैयाँ माग गरेका थिए ।रकम नदिएमा परिवार तथा गैरेलाईसमेत उनीहरूले मार्ने धम्की दिएको कास्की प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका क्रममा पोखरा महानगरपालिका–८ सिमलचौरस्थित जाल्पा मन्दिरनजिकै डेरा गरी बस्ने दुवैजनालाई धम्की दिन प्रयोग गरेको सिमकार्डसहितको मोबाइल फोनसहितका सामानसहित बुधबार पक्राउ गरेको हो । प्रहरीले उनीहरूबाट भारतीय नम्बरको सिमकार्ड पनि बरामद गरेको छ । #प्रकाशदीप गैरेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ चितवनमा कल्भर्टमुनि भेटिएका दुई शवको पहिचान हुन सकेन ३ Tilda Lights Up Diwali 2024 with Madhu’s: A Festival of Flavours and Tradition ४ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ५ बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन ६ मन्त्री ज्वालाले भनेः बालकुमारी घटनामा मेरो कुनै संलग्नता छैन ७ The British College Announces Career Fest 2024: Tackling Brain Drain and Bridging Talent with OpportunityThe Film Nepal