धम्की दिएर ५ करोड माग्ने २ जना पक्राउ
काठमाडौँ । पोखराको दीपस्थित सच्चाइ केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई धम्की दिएर ५ करोड रुपैयाँ फिरौती मागेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कास्कीले बिहीबार पत्रकार सम्मेलन गरेर पर्वतको खुर्कोटका ३६ वर्षका लक्ष्मण दर्जी र आर्थरका दीपक बहादुर क्षेत्रीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
पक्राउ परेका ३६ वर्षीय लक्ष्मण दर्जी ४ वर्षदेखि कतारमा बस्दै आएका थिए। तर उनी एक महिनाअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए ।
उनीहरूले यही माघ १८ गतेदेखि पोखरा महानगरपालिका१६ लामाचौर निवासी सच्चाइ सेवा केन्द्रका सञ्चालक तथा सच्चाइ केन्द्र नेपालका केन्द्रीय अध्यक्ष गैरेलाई फोन र म्यासेजमार्फत् हिन्दी भाषा प्रयोग गरेर ५ करोड रुपैयाँ माग गरेका थिए ।
रकम नदिएमा परिवार तथा गैरेलाईसमेत उनीहरूले मार्ने धम्की दिएको कास्की प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका क्रममा पोखरा महानगरपालिका–८ सिमलचौरस्थित जाल्पा मन्दिरनजिकै डेरा गरी बस्ने दुवैजनालाई धम्की दिन प्रयोग गरेको सिमकार्डसहितको मोबाइल फोनसहितका सामानसहित बुधबार पक्राउ गरेको हो । प्रहरीले उनीहरूबाट भारतीय नम्बरको सिमकार्ड पनि बरामद गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो
काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी
काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती