Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपालले जित्यो क्यानाडाविरुद्धको सिरिज

नेपालले जित्यो क्यानाडाविरुद्धको सिरिज


काठमाडौँ । नेपालले एक खेलअगावै क्यानाडाविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा क्यानाडालाई ४ विकेटले हराउँदै नेपालले सिरिज जितेको हो ।

यसअघि पहिलो खेल नेपालले ७ रनले जितेको थियो ।

शनिबारको खेलमा २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कप्तान रोहित पौडेलले ८७ रन बनाए । उनले १ सय १ बल खेल्दा ८ चौका र ४ छक्का हिर्काए ।

देव खनालले ८१ बलमा ७६ रन बनाउँदा ७ चौका र २ छक्का हिर्काए । अनिल साहले १९ बलमा अर्धशतक पूरा गरे । उनले २० बल खेल्दा ७ चौका र ३ छक्का हिर्काएर ५० रन बनाए । भिम सार्कीले २३ रन बनाए । क्यानाडाका लागि इश्वरजोत सोही र र हर्श ठाकरले २-२ तथा साद बिन जाफर र दिलप्रित वाजवाले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनायो ।क्यानाडाका लागि आरोन जोनसन ६५, नवनित धलिवाल ४६ रन, पर्गत सिंह ३८ रन र निकोलास किर्टोन २० रन बनाए आउट भए । दिलप्रित वाजवाले १९ रन जोडे । श्रेयाश मोभाले ४० रन जोडे ।

नेपालका लागि कप्तान रोहित पौडेलले २, कुशल मल्लले २ तथा सोमपाल कामी, पवन सर्राफ, सूर्य तामाङ र आकाश चन्दले १-१ विकेट हात पारे ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि इङ्ग्ल्यान्ड जाँदै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का

Techie IT