Techie IT
२०८२ भदौ २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकोशीमा कांग्रेसले धोका दियो, गठबन्धनबारे सोच्नुपर्ने बिन्दुमा छौँः प्रचण्ड

कोशीमा कांग्रेसले धोका दियो, गठबन्धनबारे सोच्नुपर्ने बिन्दुमा छौँः प्रचण्ड


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनका क्रममा कोशी प्रदेशमा नेपाली कांग्रेसले धोका दिएको बताएका छन्।

माओवादी केन्द्रको पाँचौँ केन्द्रीय समिति बैठकलाई सोमबार राष्ट्रिय सभागृहमा सम्बोधनका क्रममा राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट धोका पाएको बताएका हुन् । प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कोशीमा कांग्रेसबाट गम्भीर धोका पाएकाले लामो सहकार्यबारे सोच्ने अवस्था आएको बताए ।

‘राष्ट्रिय सभा निर्वाचनका क्रममा कोशीमा कांग्रेसले गम्भीर धोका दियो’, उनले बैठकलाई सम्बोधन गर्दै भने, ‘कांग्रेसबाट हामीलाई निरन्तर धोका हुँदै आएको छ । त्यसैले अब कांग्रेससँगको सहकार्यबारे सोच्नुपर्ने ठाउँमा हामीलाई पुर्‍याएको छ ।’

प्रचण्डले आफूहरूलाई धोका दिने काममा कांग्रेसका केही नेताहरू योजनावद्ध रुपमाा लागेको पनि बताए । ‘कांग्रेसका केही नेताहरूका कारण हामीले निरन्तर धोका पाइरहेका छौँ’, उनले अगाडि भने, ‘कोसीको नतिजालाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । हामीलाई अप्ठ्यारो पार्ने काम भइरहेको छ। कांग्रेससँगको सहकार्य सजिलो छैन ।’

प्रचण्डले कांग्रेसले धोका दिइरहे पनि आफूहरू अहिले नै गठबन्धन छाड्नुपर्ने पक्षमा भने नरहेको बताए । तर उनले कांग्रेससँग दीर्घकालीन सहकार्यबारे पनि शंका उब्जिएको पनि बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा…

नेपालको पश्चिमोत्तर सिमाना—लिपुलेख, कालापानी र लिम्पियाधुरा—केवल भूगोलका सीमारेखा मात्र होइनन्, यी नेपाली सार्वभौमिकताको गहिरो पहिचान हुन्। इतिहास, भूगोल, संस्कृति र

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

Techie IT