Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थमहालक्ष्मी विकास बैंकले ल्यायो नयाँ वर्ष लक्षित कर्जा योजना

महालक्ष्मी विकास बैंकले ल्यायो नयाँ वर्ष लक्षित कर्जा योजना


काठमाडौँ । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यावसायिक कर्जा तथा महालक्ष्मी व्यक्तिगत सवारी कर्जामा ब्याजदरका नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत घर कर्जा र व्यावसायिक कर्जा १०.९९ प्रतिशत र व्यक्तिगत सवारी कर्जा ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान हुने बताइएको छ ।

तिनै प्रकारको कर्जामा पहिलो एक वर्षका लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ । आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको तीन कार्य दिनभित्र नै कर्जा प्रवाह गरिने पनि बताइएको छ ।

उक्त योजनाअनुसार आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुनर्निर्माण/मर्मत सम्भार गर्न न्यूनतम दुई वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी पाँच करोड रूपैयाँसम्मको कर्जा प्रदान गरिनेछ ।

साना तथा मझौला व्यवसायीहरूको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न एक वर्षदेखि १५ वर्षको अवधिसम्मको लागि १०.९९ प्रतिशतमा व्यावसायिक कर्जा प्रदान गर्ने योजना ल्याएको छ ।

व्यक्तिगत सवारी कर्जामा ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्रदान गरिने पनि बताइएको छ । व्यक्तिगत सवारी कर्जाको न्यूनतम अवधि दुई वर्ष र अधिकतम अवधि पाँच वर्षसम्म रहनेछ । विद्युतीय सवारीको हकमा भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत कम हुने बताइएको छ । सो बराबरको कर्जा र अन्य सवारीमा कोटेशन मूल्यको ५० प्रतिशतसम्म कर्जा प्रदान गरिने जानकारी दिइएको छ । बैंकले देशभर १०३ शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला

सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

Techie IT