Techie IT
२०८२ पुस ८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमाले धादिङको अध्यक्षमा पुनः त्रिपाठी निर्वाचित

एमाले धादिङको अध्यक्षमा पुनः त्रिपाठी निर्वाचित


काठमाडौँ । नेकपा एमाले धादिङको अध्यक्षमा पुनः भूमि त्रिपाठी निर्वाचित भएका छन् ।

अध्यक्षका प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीलाई हराउँदै त्रिपाठी निर्वाचित भएका हुन् । त्रिपाठीले ३०९ मत ल्याउँदा अधिकारीले २३८ मत ल्याए ।

त्यस्तै, उपाध्यक्षमा अर्जुन श्रेष्ठ (गोर्खाली) विजयी भएका छन् । गोर्खालीले ३१५ ल्याए भने प्रतिद्वन्द्वी रामकुमार आचार्यले २३२ मत ल्याए ।

सचिवमा राधिका सापकोटाले ३३८ मत ल्याउदा उनका प्रतिद्वन्द्वी हरिराम लोहनीले २०९ मत प्राप्त गरेका छन् ।

महिला उप–सचिवमा उर्मिला रेग्मी विजयी भइन् । रेग्मीले ३५१ ल्याइन् भने उनका प्रतिद्धन्द्धी खुपीकुमारी तामाङले १९६ ल्याइन् ।

खुल्ला उपसचिवमा भक्तबहादुर लामिछानेले ३४८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी काजी श्रेष्ठले १९९ मत प्राप्त गरे ।

गत माघ २१ गते बिहान बन्दसत्रको समय सुरु हुनै लाग्दा विवादपछि नवौँ अधिवेशनको प्रक्रिया स्थगित भएको थियो । प्रतिनिधि छनोट र अध्यक्षमण्डलका विषयमा विवाद भएपछि कुटपिट समेत भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

Techie IT