Techie IT
२०८२ वैशाख २३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करणमा ‘मास्टर क्लास’को शेसन हुने

ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करणमा ‘मास्टर क्लास’को शेसन हुने


काठमाडौँ ,‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करणमा ‘मास्टर क्लास’को शेसन पनि रहने भएको छ। सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा आगामी बिहीवार (जेठ २५) देखि तीन दिने चलचित्र महोत्सव हुँदैछ।

काभ्रेको भकुण्डेबेसीमा हुने महोत्सवमा तेस्रो दिन शनिवार लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहालको ‘मास्टर क्लास’ रहने आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए। ग्रामीण फिल्मको विषयमा उनीहरूको ‘मास्टर क्लास’ हुने भएको हो।

उनका अनुसार ‘आफ्नै गाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ नाराका साथ हुन लागेको महोत्सवमा दुई दर्जन बढी फिल्महरू सहभागी हुँदैछन्। आयोजकले आगामी बिहीवार मात्रै जुरी घोषणा गर्ने तयारी गरेको छ। ‘झिंगेदाउ’, ‘प्रकाश’, ‘डेसान’,ुनिरमायाुसँगै तामाङ र गुरुङ फिल्महरू महोत्सवमा प्रदर्शन गरिनेछ।

साउनमा प्रदर्शनमा आउने तयारीमा रहेको लिम्बु संस्कृतिमा बनेको फिल्म ‘लुङा’को प्रिमियर समेत महोत्सवमा हुने जनाइएको छ। स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु र नेपाली फिल्म हेर्ने बानी बसाल्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकको भनाई छ।

काठमाडौँबाट दुई दर्जन बढी फिल्मकर्मीहरू महोत्सवमा सहभागी हुन भकुण्डेबेसी पुग्नेछन्। चलचित्र विकास बोर्डसँगको सहकार्यमा यो महोत्सव हुन लागेको हो। गत वर्षको वैशाखमा गोरखाको लाप्राकमा महोत्सव आयोजना गरिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रारा ताल पुगेर अभिनेता प्रदिपले भने, ‘कर्णालीवासीले क्षतिपुर्ति माग्नुपर्छ’

मुगु । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा

‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहने

काठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ ।

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

Techie IT