Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीति२०६२–०६३ मा फालिएको राजतन्त्र नक्कली भएको ओलीको दाबी

२०६२–०६३ मा फालिएको राजतन्त्र नक्कली भएको ओलीको दाबी


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०६२–०६३ मा फालिएको राजतन्त्र नक्कली भएको दाबी गरेका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकलाई बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘अहिले गएको राजतन्त्र भनेको नक्कली राजतन्त्र हो । सक्कली राजतन्त्र त ५८ साल जेठ १९ गते नै गइसकेको हो । पछि संविधान अनुसार राजा अर्को हुने ठाउँ नै छैन,’ ओलीले भने, ‘राजाको विवाहितापट्टिको जेठो छोरो राजा हुने व्यवस्था थियो । जेठोदेखि कान्छो छोरो सबै मारिए । सबै वंश विनाश गरेर राजतन्त्र सिद्दिइसकेपछि अब फेरि कि त लेक लेकमा जानुपर्यो ।’

तत्कालीन राजा विरेन्द्रको वंश विनाशसँगै राजतन्त्र अन्त्य भएको उनले बताए ।

‘संविधानको कुन धाराले सबै मरिसकेपछि खोजेर राजा बनाउने व्यवस्था छरु कुशको राजा खडा गरियो । जबरजस्ती । पछि ल्यसलाई ०६२–०६३ को आन्दोलनको रापतापले बिदा गरियो,’ उनले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT