Techie IT
२०८१ वैशाख १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपालले नामिबियालाई हरायो

नेपालले नामिबियालाई हरायो


काठमाडौँ । नेपालले नामिबियालाई हराएको छ । त्रिकोणात्मक टी– २०आई सिरिजमा नेपालले नामिबियामाथि ३ रनको जित हात पारेको हो ।

कीर्तिपुरमा भएको खेलमा १८१ रनको लक्ष्य पछ्याएको नामिवियाले ७ विकेटको क्षतिमा १७७ रनमात्रै बनाउन सक्यो ।

नामिबियाका कप्तान जेजे स्मिटले ५० रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १८१ रन बनायो । नेपालका कुशल मल्लले अर्धशतक बनाए । मल्लले ३७ बलमा नट आउट ५५ रन बनाए । नामिबियाका बेन शिकोङ्गोले ३ विकेट लिए ।

शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । यस्तै अस्तिको खेलमा नेपाल नेदरल्यान्ड्सँग २ रनले हारेको थियो । नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपाल २ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । नामिबिया २ अङ्क भए पनि नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लुम्बिनीले जित्यो राष्ट्रिय टी–२० क्रिकेटको उपाधि

काठमाडौँ । वीर गणेशमान सिंह राष्ट्रिय टी– २० क्रिकेटको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । सोमबार भएको फाइनल खेलमा लुम्बिनीले

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १० रनले पराजित गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे १६१ रनकाे लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य…

काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

Techie IT