Techie IT
२०८२ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालस्वर्णिम वाग्लेको प्रश्नः षडयन्त्रमूलक ढंगले करका दरमा हेरफेर गरिएको हो कि होइन?

स्वर्णिम वाग्लेको प्रश्नः षडयन्त्रमूलक ढंगले करका दरमा हेरफेर गरिएको हो कि होइन?


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका क्रममा षडयन्त्रपूर्वक ढंगले करका दर हेरफेर गरेको हो कि होइन भनेर प्रश्न गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद वाग्लेले यसबारे अर्थमन्त्री डा. प्रकाश शरण महतले जवाफ दिनुपर्ने माग गरे। उनले भने, ‘बजेट निर्माणका क्रममा अंकहरू बढाउने घटाउने गरिन्छ। धेरैलाई यसबारे जानकारी र चासो हुँदैन। यो वर्ष षडयन्त्रमूलक ढंगले निश्चित व्यापारी घरानालाई अनुचित लाभ हुनेगरी अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन यस विषयमा अर्थमन्त्रीज्यूले जवाफ दिनुपर्छ।’

उनले हार्मोनाइज सिस्टमको विज्ञ भनेर संलग्न गराइएका व्यक्तिलाई विधि र प्रक्रिया पु्र्‍याएर सल्लाहकारको भूमिकामा राखिएको हो कि होइन भन्दै अर्थमन्त्रीलाई प्रश्न गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT