Techie IT
२०८१ जेठ २, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्बाट विश्वासको मत लिँदै छन् ।

नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर नयाँ बनाएपछि उनले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन् । अहिले प्रधानमन्त्रीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादीको समर्थन छ ।

प्रतिनिधि सभामा अहिले कायम २७४ सदस्यीयमा बहुमत सिद्ध गर्न १३८ सदस्य आवश्यक पर्छ । पाँच दलीय गठबन्धनसँग प्रतिनिधिसभामा १५३ सदस्य छन् । एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन् ।

एमालेका टोपबहादुर रायमाझी निलम्बनमा परेको र देवराज घिमिरेले सभाको नेतृत्वकर्ताको हिसाबले मतदानमा सहभागी हुन मिल्दैन। गठबन्धनका पाँचै दलले विश्वासको मत लिन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे नागरिक उन्मुक्ति पार्टीभित्र भने विवाद छ । संसदीय दलका नेता रञ्जिता श्रेष्ठले मंगलवार चारैजना सांसदलाई अनिवार्य उपस्थित भएर विश्वासको मतको पक्षमा उभिन ह्विप लगाएकी छिन् ।

लोसपाले समर्थन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गरिसकेको छैन । नेपाली कांग्रेसले विपक्षमा मत दिन सांसदलाई ह्विप लगाएको छ । राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मत नदिने सङ्केत गरेको छ । स्वतन्त्र दुईजना सांसदहरु प्रभु साह र अमरेशकुमार सिंहले निर्णय गर्न बाँकी छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बस्ने प्रमुख सचेतक

गौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्द

काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ । भरतपुर महानगरपालिकाले

एकीकृत समाजवादीको महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल सुरु

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ । ललितपुरको

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ हुँदै

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । मंगलवारबाट न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबिच भेटवार्ता

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज बिहान भेटवार्ता गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास

सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौF । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति

Techie IT