Techie IT
२०८१ वैशाख २६, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलएट्लेटिको र डर्टमण्ड च्यम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

एट्लेटिको र डर्टमण्ड च्यम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा


काठमाडौँ । एट्लेटिको मड्रिड र बोरुसिया डर्टमण्ड च्यम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार राति भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा इटालीको इन्टर मिलानलाई पेनाल्टी शुट आउटमा हराउँदै स्पेनको एट्लेटिको क्वाटरफाइनलमा पुगेको हो ।

पहिलो लेगमा १–० ले पछि परेको एट्लेटिको मड्रिडले गएराति भएको दोस्रो लेगमा २–१ को जित हात पारेपछि खेल समग्रमा २–२ गोलको बराबरीमा पुग्यो । यसपछि अतिरिक्त समय हुँदै पेनाल्टी शुट आउटमा पुगेको खेल एट्लेटिकोले ३–२ ले जितेको हो ।

गएराति भएको अर्को खेलमा नेदरल्याण्ड्सको पि।एस।भी आइन्डोभनलाई २–० ले हराउँदै जर्मनीको बोरुसिया डर्टमण्ड पनि क्वाटरफाइनलमा उक्लियो । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा रोकिएको अवस्थामा गएरातिको जितपछि डर्टमण्डले समग्रमा खेल ३–१ ले आफ्नो पक्षमा पारेको हो ।

गएरातिका खेलहरुपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने सबै आठ टोलीको टुंगो लागेको छ । स्पेनबाट रियाल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिड, इंग्ल्याण्डबाट आर्सनल र म्यान्चेस्टर सिटी, जर्मनीबाट बायर्न म्युनिख र बोरुसिया डर्टमण्ड तथा फ्रान्सबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) क्वाटरफाइनलमा पुगेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्वकप खेल्ने नेपाली क्रिकेट टिम अमेरिका पुग्यो

काठमाडौँ । आइसीसी टि२० विश्वकप २०२४ खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

Techie IT