Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालराष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची


काठमाडौं । राष्ट्रियसभा बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यब्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय निकुञ्ज, बन्यजन्तु आरक्ष र मध्यबर्ती क्षेत्रमा मानव र बन्यजन्तु बीचको दन्दको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथी छलफल गरियोस’ भन्ने प्रस्ताव पेश गर्नेछन् ।

आगामी आर्थिक बर्ष २०८१/८२ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता माथी सभामा छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘अनुगमन मुल्याङकन बिधेयक २०८० माथी प्रतिनिधिसभावाट भएको संसोधन प्रति छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन’ भने सो ‘प्रस्तावलाइ पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्न कार्यसुचीमा उल्लेख छ ।

साथै, अर्थमन्त्री बर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) बिधेयक २०८०लाइ दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT