Techie IT
२०८१ वैशाख २६, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलप्रधानमन्त्री र आइसीसीका अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री र आइसीसीका अध्यक्षबीच भेटवार्ता


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच बुधबार भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले आइसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए ।

‘नेपाल सरकारले क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ,’ प्रधानमन्त्रीले भने, ‘सन् २०२७ को ‘यु– १९ वुमन वर्ल्ड कप’का लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ । आइसीसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौं ।’

अध्यक्ष बार्क्ले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आइसीसीले सहयोग गर्ने बताएका थिए । भेटमा नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल र नेपाल क्रिकेट संघका पदाधिकारीको सहभागिता थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्वकप खेल्ने नेपाली क्रिकेट टिम अमेरिका पुग्यो

काठमाडौँ । आइसीसी टि२० विश्वकप २०२४ खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

Techie IT