Techie IT
२०८१ वैशाख १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थएओजीको २२ दिने अन्तर्राष्ट्रिय मार्क्यु राइड सम्पन्न

एओजीको २२ दिने अन्तर्राष्ट्रिय मार्क्यु राइड सम्पन्न


काठमाडौँ। नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले गठन गरेको एओजी ग्रुपले पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइड आयोजना गरेको छ।

स्थापना कालदेखि नै यस ग्रुपले विभिन्न आकर्षक र मनोरञ्जनात्मक कार्यक्रमहरू मार्फत युवाहरुको बाइकिङ प्रतिको लगावलाई प्रोत्साहन दिँदै आएको छ।

परोपकार, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरूमा सक्रिय रहने एओजी ग्रुपले यस पटक भने पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्‍याउन सफल भएको कम्पनीले जनाएको छ।

‘राइड टु ओरिजिन’ उद्देश्य लिएर भारतको माइसोरमा रहेको टीभीएसको फ्याक्ट्रीसम्म पुग्‍ने लक्ष्य राखेको मार्क्यु राइडमा १० जना नेपाली राइडरहरुको सहभागिता रहेको थियो। राइडमा सहभागी हुने राइडरहरु बाइकिङ संस्कृतिलाई अघि बढाउनका निम्ति भ्लग र अन्य माध्यबाट सक्रिय युवाहरु थिए भने राइडका लागि टीभीएस अपाचे सिरिजका १६०, २०० र ३१० सीसीका मोटरसाइकको प्रयोग गरिएको कम्पनीको भनाइ छ।

अपाचे ओनरस् ग्रुप (एओजी)को मार्क्यु राइडमा नेपाल लगायत, भारत र बंगलादेशका थुप्रै राइडरहरुले सहभागिता जनाएका थिए।

यस यात्राका राइडरले भारतको प्रख्यात मोटोसोल नामक कार्यक्रममा सहभागिता जनाउने र भारतमै रहेको टीभीएसको फ्याक्ट्री भ्रमण गर्ने पनि मौका पाएका थिए।

टीभीएस मोटर कम्पनी इन्डियाका बिजनेस हेड विमल सुम्ब्लीले संसारभर छरिएका बाइकिङ प्रेमीहरुका लागि टीभीएस मोटोसोल २०२३ आयोजना गर्न पाएकामा निक्कै हर्षित भएको बताए।

टीभीएस मोटोसोल, समान विचारधारा भएका मोटरसाइकल राइडर समुदायलाई एक ठाउँमा ल्याउने, मोटरसाइकल प्रतिको प्रेमको उत्सव मनाउने , रेसिङ र बाइकिङका दिग्गजहरूसँग अन्तरक्रिया गर्ने र एक आपसमा भाइचाराको भावना विकास गर्दै त्यसलाई घरघरमा पुर्‍याउने एउटा मञ्च भएको उनले बताए।

७ हजार किलोमिटरको लामो मार्क्यु यात्रामा सहभागी राडडर सागर थापाले यात्रा शारीरिक र मानसिक दुवै हिसाबले चुनौतीपूर्ण रहेपनि यस यात्राले नेपाल र भारतको फरक भूगोल, कला संस्कृति र खानपानको अनुभव गर्न पाइएको अनुभव सुनाउँछन्। यसै यात्रा मार्फत नेपाल, भारत र बङ्गलादेशका राइडरसँग अनुभव सेयर गर्न पाउँदा नयाँ सम्बन्धहरु स्थापित गर्न सघाएको उनले बताए।

११ फागुनमा काठमाडौँबाट सुरु भएको २२ दिने मार्क्यु राइड भारतको रक्सौल, गया, राउरकेला, छत्तिसगढ, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, माइसुरु, बैंगलोर, तिरुपति, विजयवाड़ा, बिसाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुरबाट रक्सौल हुँदै काठमाडौँमै आएर समाप्त भएको थियो।

विज्ञापन र पीएसए मार्फत कार्यक्रमलाई सहयोग गरेर नेपाल पर्यटन बोर्डले यस अभियानलाई प्रभावकारी बनाउन ठूलो योगदान पुर्‍याएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति

काठमाडौँ । लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति भएको छ । उद्योग विभागले सोमबार चार योजनामा नौ अर्ब

शेयर बजार खासै घटबढ भएन

काठमाडौँ । शेयर बजार आज खासै घटबढ भएको छैन । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज शून्य

विश्व बैंकको सहयोगमा पराशर मार्ग कालोपत्र गर्न सम्झौता

काठमाडौँ । विश्व बैंकको सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर माग कालोपत्रको लागि सम्झौता भएको छ । व्यास नगरपालिका

लगानी सम्मेलन भव्य रुपमा सफल भयोः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन– २०२४ भव्य रुपमा सफल भएको दाबी गरेका छन् । सम्मेलनमा भाग

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर…

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा

अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौँ । अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । यसअघि सहायक महाप्रबन्धक पदमा कार्यरत

Techie IT