Techie IT
२०८२ भदौ १, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिरमेश खरेलले रास्वपाबाट राजीनामा दिए

रमेश खरेलले रास्वपाबाट राजीनामा दिए


काठमाडौँ । पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजीनामा दिएका छन् । पार्टीले स्पष्टीकरण सोधेपछि खरेलले राजीनामा बुझाएका हुन् ।

खरेलले केही दिनअघि स्वार्थ बाझिने गरी गृह मन्त्रालयको नेतृत्व सम्हालेको भन्दै पार्टी सभापति रवि लामिछानेको आलोचना गरेका थिए । यसैबारेमा उनलाई पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो । खरेलले गहन विचार गरेपछि राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

‘तुरून्तै लागू हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैले आधिकारिक रूपमा राजीनामा लेखिरहेको छु । गहन रूपमा विचार गरेपछि म पार्टीबाट अलग हुने समय आइपुगेको निर्णयमा पुगेँ । अवसर र अनुभवको मौका दिएकोमा रास्वपाप्रति आभार व्यक्त गर्दछु । यद्यपि पछिल्लो घटनाक्रम, पार्टीको नीति र सिद्धान्तहरूसँग मेरो विचार र प्राथमिकता मिल्न सकेन,’ खरेलको राजीनामापत्रमा उल्लेख छ ।

२०७९ मंसिर ४ गतेको निर्वाचनमा खरेल सुशासन पार्टीका तर्फबाट काठमाडौँ– १ को उम्मेदवार बनेका थिए । खरेल गत वैशाख १० गतेको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका थिए । उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

र्‍यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा

पोखरा, साउन ३१ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको…

काठमाडौं । कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासका

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि

नेपालका मुल संकटहरु, सबैको मूल जड नै नैतिकताको अभाव

नैतिकता भन्नाले सच्चा कुरा बोल्नु, राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमानदार हुनु र आफ्नो कर्तव्य पुरा

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

Techie IT