Techie IT
२०८१ वैशाख २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिइलाम २ मा मिलन लिम्बूलाई रास्वपाले बनायो उम्मेदवार

इलाम २ मा मिलन लिम्बूलाई रास्वपाले बनायो उम्मेदवार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । लिम्बु सर्वसम्मत उम्मेदवार बनेका हुन् ।

रास्वपामा प्राइमरी इलेक्सनका माध्यमबाट उम्मेदवार छनोट हुने प्रावधान छ । त्यसबमोजिम प्राइमरी इलेक्सनका लागि ६ जनाको दरखास्त परेको थियो । तर, आज लिम्बूलाई समर्थन गर्दै पाँचजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए ।

प्राइमरी इलेक्सनका लागि दरखास्त दिएका ६ जनालाई नै आज केन्द्रीय कार्यालयमा छलफलका लागि बोलाइएको थियो । महेन्द्र थापाबाहेक ५ जना छलफलमा उपस्थित भएका थिए ।

महामन्त्री डा. ढकाललगायतका नेताहरुले सर्वसम्मत उम्मेदवार खडा गर्दा राम्रो सन्देश जाने बताए । स्थानीय, जनजाति र शिक्षित युवा भएकाले लिम्बूलाई उभ्याउने विषयमा सबैजना सहमत भएको बताइएको छ । थापाले भने फोनमार्फत उनलाई समर्थन जनाएको महामन्त्री ढकालले जानकारी दिए ।

हालैमात्र माओवादी परित्याग गरेका लिम्बूले रास्वपाको प्राइमरी चुनावमा दरखास्त हाल्नुअघि पार्टीको सदस्यता लिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सिटिजन्स लाइफले प्रिमियममार्फत् उठाएको पैसाबाट लाभांश दिने

काठमाडौँ । सिटिजन्स लाइफ इन्स्योरेन्सले प्राथमिक सेयरमार्फत् प्रिमियमा उठाएको पैसाबाट लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको

संसदीय दलका सम्बन्धमा चलाइएको हल्ला गलतः एकीकृत समाजवादी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदीय दलका सम्बन्धमा चलाइएको हल्ला गलत रहेको समेत जनाएको छ । सोमबार नयाँ बानेश्वरस्थित संघीय

अशाेक राई नेतृत्वकाे नयाँ दल निर्वाचन आयाेगमा दर्ता

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर बनेको नयाँ दल जनता समाजवादी पार्टीलाई दलको मान्यता दिएको

कान्तिपुर सिनेमाजबाट सर्टफिल्म ‘भाउ’ रिलिज, युट्युबमा टिजर

काठमाडौँ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । आज सोमबार पनि शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १५

जसपा विभाजन भएको छैनः जसपा नेपाल प्रवक्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन नभएको दाबी गरेको छ । पार्टीका प्रवक्ता मनिष सुमनले सोमबार एक

Techie IT