Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना


काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीले यूकेस्थित आफ्नो साझेदार संस्था लिड्स बेकेट युनिभर्सिटी (एलबीयू)का विद्यार्थीहरुलाई स्वागत गर्दै बिभिन्न कार्यक्रमको आयोजना गरेर कार्यक्रम सम्पन्न गरेको हो ।

मार्च २५ देखि २९ सम्म भएको कार्यक्रममा एलबीयूका आठ जना विद्यार्थीहरुसँगै टीबीसीका विद्यार्थीहरुको पनि उत्साहजनक सहभागिता रहेको थियो । विश्वव्यापी शैक्षिक उत्कृष्टतालाई बढावा दिने टीबीसीको यस प्रयासमा १६ जना विद्यार्थीहरुले ‘इन्टरनेट अफ थिङ्ग्स’जस्ता नविन परियोजनाहरुमा संलग्न हुने मौका पाएका थिए ।
डा. पुनेह बघेरी जादेह, ब्रिटिस कलेजका हेड अफ द स्कुल अफ कम्प्युटिङ रोहितराज पाण्डे लगायतका प्रोग्राम लिडरहरुको सहभागितामा उत्साहजनक कार्यक्रमहरु भए । नेपालको अनुपम भूगोल र मौषमी अवस्थाको लागि तयार पारिएका आर्टिफिसियल इन्टिलिजेन्स (एआई) परियोजनामार्फत विद्यार्थीले आफ्नो विश्वव्यापी परिप्रेक्ष्यलाई फराकिलो बनाउने तथा अन्तर्राष्ट्रिय सम्बन्ध वृद्धि गर्ने मौका पाए ।

विशेष खालको भुगोल र जलवायू अनुकूल बनाइएको एआई परियोजनाबाट अन्तर्राष्ट्रिय विद्यार्थीहरुले भिन्न खालको संस्कृतिमा प्रवेश गर्ने अवसर पाए । सुमधुर अन्तर्राष्ट्रिय सम्बन्ध बनाउनुका साथै विश्वसम्बन्धी दृष्टिकोण विस्तार गर्ने अवसरहरु समेत विद्याथीहरुले पाए ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पुनः स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्दै ब्रिटिस कलेजका डेप्युटी प्रिन्सिपल प्याट्रिक म्याक्रडेनले भने, ‘पुनः एक पटक लिड्स बेकेट युनिभर्सिटीबाट आएका विद्यार्थीहरुलाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौं । यो पहल विद्यार्थीहरुका लागि महत्वपूर्ण शिक्षा प्रदान गर्न मात्रै नभई हाम्रा साझेदार संस्थाबीचको सम्बन्धलाई मजबूद बनाउन र विश्वब्यापी सहकार्यलाई प्रोत्साहित गर्न पनि उत्तिकै महत्वपूर्ण साबित भइरहेको छ ।’

कार्यक्रममा मुख्यतः एलबीयूका प्रतिनिधिहरुले टीबीसीका विद्यार्थीहरुसँग कम्प्युटिङ स्टडिजको बारेमा छलफल, फ्याकल्टीहरुबीच अनुसन्धानबारे विचारको आदानप्रदान, आगामी दिनमा एलबीयू र टीबीसीबीच हुनसक्ने सम्भावित सहकार्य र उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरि कम्प्युटिङ पाठ्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको थियो ।

विद्यार्थीहरुद्वारा विकास गरिएका नवीन ‘आईओटी’ परियोजनाहरुमा उनीहरुको रचनात्मक र समस्याको समाधान गर्ने सीपहरु प्रस्तुत भएका थिए । ज्याक स्मिथ, जेम्स वेस्टोबी, कञ्चन कोइराला र संयोजन देवकोटा समावेश समूह ‘ए’ ले बाढी पूर्व सूचना प्रणालीबारेको एआई परियोजना प्रस्तुत गरेका थिए ।

त्यस्तै, समूह ‘बी’ले एआई ट्राफिक व्यवस्थापन प्रणालीबारेको परियोजना प्रस्तुत गरेका थिए । यस समूहमा नोजेन्द्र ओला, लौरा गाण्डिया गार्सिया–मोरालेस, स्वीङ नाकार्मी र अग्रता भट्टराई रहेका थिए । समूह ‘सी’का इस्लाम इल्सेरोउगी, ब्राडले लीच, राजश्वी श्रेष्ठ र अनमोल ढकालले एआई स्मार्ट गार्डनिङ प्रणालीबारेको परियोजना प्रस्तुत गरेका थिए । समूह ‘डी’मा रहेका म्याक्स सियू चुङ यान, कनिका माथुर, श्रेयश पराजुली र दिवन सिग्देलले एआई हाते पानी नियन्त्रण प्रणालीबारे आफ्नो परियोजना प्रस्तुत गरेका थिए ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा टीबीसीले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा जोडिएका सबैप्रति कृतज्ञता प्रकट गरेको छ । त्यस्तै, विश्वव्यापी पहुँचलाई बिस्तार गर्दै लैजाने क्रममा पुनः एकपटक अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई स्वागत गर्न पाएकोले आगामी दिनमा अन्य साझेदार संस्थाहरुसँग सहकार्यको दायरा बिस्तार गर्दै लैजाने प्रतिज्ञा समेत गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT