Techie IT
२०८२ भदौ १, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थ‘एचआर मिट २०२४’ मा एनसेल २ वटा अवार्डबाट सम्मानित

‘एचआर मिट २०२४’ मा एनसेल २ वटा अवार्डबाट सम्मानित


काठमाडौँ । नेपालको मानव संसाधन क्षेत्रमा उत्कृष्ट नीति अभ्यास र कार्यसम्पादन गरेबापत एनसेलले एचआर मिट २०२४ मा ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२४’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड २०२४’ जितेकाे छ ।

स्वतन्त्र मानव संसाधन परामर्श कम्पनी ग्रोथ सेलर्स प्रालीले आयोजना गरेको एचआर मिट २०२४ को विशेष समारोहमा शनिवार एनसेललाई यी अवार्ड प्रदान गरिएका हुन् । राष्ट्रिय मानव संसाधन उत्कृष्टता सम्मान अर्थात् नेशनल एचआर एक्सिलेन्स अवार्ड नेपालमा प्रदान गरिने सबैभन्दा ठूलो एचआर अवार्डको रूपमा चिनिन्छ र यसअघि एनसेलले नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२० पनि जितेको थियो ।

एनसेल एचआर मिट २०२४ मा दुई वटा विधामा अवार्ड प्राप्त गर्ने एनसेल एकमात्र कम्पनी हो । यो सम्मान एनसेलले व्यवसाय सञ्चालनका हरेक पक्षमा उत्कृष्टताका लागि गरेका निरन्तरको प्रयासको प्रमाण हो । नेशनल एचआर एक्सिलेन्स सम्मानका साथै एनसेललाई ‘एक्सिलेन्स इन लर्निङ एण्ड डेभलपमेन्ट अवार्ड २०२४’ पनि प्रदान गरिएको छ । यस अवार्डले अन्तर्राष्ट्रिय सिकाइ र विकास अभ्यासहरूका साथ श्रमशक्तिको पोषण गर्ने कम्पनीको संस्कृति र प्रतिबद्धताको सम्मान गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले यी अवार्डबाट सम्मानित भएपछि आफ्नो उत्साह प्रकट गर्दै भन्नुभयाे, ‘यो उल्लेखनीय उपलब्धि हामी कसरी आफ्ना श्रमशक्ति केन्द्रित भएर कार्य गर्छाैँ भन्ने कुराको एक प्रमाण हो । एनसेल परिवारका प्रत्येक सदस्य हाम्रो यो सफलता र उनीहरूको समर्पण तथा योगदानका लागि हृदयदेखि प्रशंसाको हकदार छन् । यी सम्मानका लागि हामी निर्णायक मण्डल र आयोजक ग्रोथसेलर्स नेपाललाई धन्यवाद दिन्छौँ ।’

प्रा.डा. विजय केसी, बिना राणा र रीतु न्याछो सम्मिलित निर्णायक मण्डलले एनसेललाई ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२४’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड २०२४’ बाट सम्मान गर्ने निर्णय गरेको थियो । एचआर मिट २०२४ मा विभिन्न कम्पनीहरूलाई क्षेत्रगत रूपमा गरिएका उत्कृष्ट कार्यको सम्मान गर्दै एचआर इनोभेशन एन्ड टेक्नोलोजी अवार्ड २०२४, एक्सिलेन्स इन इम्प्लोयर एक्पिरियन्स अवार्ड २०२४, एक्सिलेन्स इन इम्प्लोयर ब्रान्डिङ अवार्ड २०२४ र एक्सिलेन्स इन इन्डस्ट्रियल रिलेशन अवार्ड २०२४ प्रदान गरिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

र्‍यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा

पोखरा, साउन ३१ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको…

काठमाडौं । कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासका

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले बोधगयामा भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आगामी भारत भ्रमणमा समकक्षी नरेन्द्र मोदीसँग बोधगयामा द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।

Techie IT