Techie IT
२०८१ जेठ ३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठUKयुकेतर्फ लाग्यो ‘द भ्वाइस अफ नेपाल’को टिम

युकेतर्फ लाग्यो ‘द भ्वाइस अफ नेपाल’को टिम


काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’को टिम सांगीतिक कन्सर्ट गर्न युकेतर्फ प्रस्थान गरेको छ । ‘भ्वाइस अफ नेपाल २०२४’को टोली सांगीतिक कन्सर्ट गर्न सिजन ५ का टप प्रतिस्पर्धी र ४ का प्रतिस्पर्धीहरूको लिएर बिहीबार बिहान कतार एयरलाइन्समार्फत् युके प्रस्थान गरेको हो ।

उक्त टिममा ‘द भ्वाइस सिजन ५’ का फस्ट रनर अप मकरबहादुर योन्जन, ‘तेस्रो रनर अप’ नोगेन लिम्बू र सिजन ४ को टप ४ योगेश मगर रहेका छन् । सिजन ५ का विजेता विनोद राई अमेरिका रहेकोले त्यहीबाट सहभागी जनाउने छन् भने सिजन ५ का दोस्रो रनर अप कुमार प्रयास टेक्निकल समस्याले गर्दा केही समयमा सहभागी हुने भ्वाइसका कार्यकारी निर्माता तथा होस्ट सुशील नेपालले जानकारी दिए ।

नेपालका अनुसार युकेको १० वटा सहरमा कार्यक्रम हुनेछ। उनले योभन्दा अगाडि ३ पटक कार्यक्रम गरिसकेको बताए ।

कार्यक्रमलाई युकेमा रहेको सुनगाभा इन्टरटेनमेन्ट कम्पनीले आयोजना गरेको हो । सुनगाभाले भ्वाइसको टिमसँग पहिलो पटक सहकार्य गरेको बताउँदै अब निरन्तर सहकार्य हुने सुनगाभाका प्रतिनिधी सडज लिम्बूले बताए ।

सुनगाभाले योभन्दा अगाडि पनि नेपाली कलाकारलाई लगेर नेपाली संस्कृतिलाई प्रचार प्रसार गरेको उनले बताए । कार्यक्रम एक महिनासम्म चल्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘चपली हाइट–३’ २०० रुपैयाँमा हेर्न सकिने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ अब दुई सय रुपैयाँमा हेर्न सकिने भएको छ । ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा

चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने

काठमाडौँ । चलचित्र ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ। चलचित्रका निर्माता दिलीप केसीले यो चलचित्रको लागि सबैभन्दा

‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक, मन छुने शब्दमा…

काठमाडौं। यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको

‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन बालेन शाह फ्रान्स प्रस्थान

काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) फ्रान्स प्रस्थान गरेका छन्

बेल्जियममा कलाकार उज्वल केसीकाे निधन

लण्डन । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ । लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार

‘कमेडी दरबार’ असार १४ बाट प्रसारणमा आउने

काठमाडौँ । टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ आगामी असार १४ गतेबाट प्रसारणमा आउने भएको छ । बिक्की अगरवाल र श्रृद्धा

Techie IT