Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालहर्षोल्लासका साथ मनाइँदै इद

हर्षोल्लासका साथ मनाइँदै इद


काठमाडौँ । सुनसरीका इस्लाम धर्मावलम्बीहरूले इद-उल-फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएका छन् । एक महिनासम्म कठोर उपवास सहितको रमजानको महिनाको अन्तिम दिन रोजा सम्पन्न गर्दै बिहीबार इद-उल-फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

इस्लाम समुदायमा रमजान महिनालाई निकै पवित्र मानिन्छ, रमजानको महिनाको चन्द्रमा हेरेर इद–उल–फित्र मनाइन्छ । इनरुवा १० जल्पापुर र इनरुपा ९ बबियास्थित इदगाहमा गएर इनरुवाका इस्लाम धर्मावलम्बीहरूले सामूहिक नमाज (प्रार्थना) गर्नुका साथै एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गरि इद-उल-फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

भोक्राहा नरसिंह ८ को सोनयाही, भोक्राहा ४ जामिया इस्लामिया इदगाहा, सुनसरी खोला इदगाहा, हरिनगर गाउँपालिकाको भुटाहा, घुस्की, कोशी गाउँपालिकाको श्रीपुर, पश्चिम कुशाहा, दुहवीको सोनापुर, इटहरीका खनार, गढीको मधेली, देवानगञ्ज गाउँपालिकाको देवानगञ्ज, बर्जु गाउँपालिका ५ को अमाहिबेलाहा सहितका दर्जन बढी इदाहामा हजारौको संख्यामा इस्लाम धर्मालम्बीहरुले प्राथना सहित शुभकामना साटासाट गरेर इद-उल-फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएको मुस्लिम समुदायका पत्रकार अजमल अंसारीले जानकारी दिए ।

अन्सारीका अनुसार गत फागुन २८ देखि सुरु भएको रमजानको एक महिनासम्म यो पर्वमा मुसलमान समुदायहरुले दिनमा निराहार बसेको र विहीबार इद-उल-फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएका छन् । शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्छ । दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । कुलतमा लागेका मानिस एक महिना इमानदारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अनुमान गर्न सकिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् ।

नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन । यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्ध, मासुका परिकार, फलफूल खाने प्रचलन छ ।

यसैबीच इद-उल-फित्र (इद) पर्वको अवसरमा हिन्दु युवाहरुले सुनसरीको हरिनगर गाउँपालिका स्थित भुटाहा बजारमा खानेपानी, फ्रुटी, चिसो लगायत मिठो परिकार वितरण गरेका छन् । इदाहामा प्रथना गर्न आएकाहरुलाई खानेपानी, फ्रुटी, चिसो लगायत मिठो परिकार वितरण गर्दै पर्वको शुभकामना साटासाट गरेका छन् । एक धर्मले अर्को धर्मको सम्मान गर्नुलाई नै धार्मिक एकता, सामाजिक सद्भाव र भाईचारा मानिने भएकाले खानेपानी, फ्रुटी, चिसो लगायत मिठो परिकार वितरण गरेको हिन्दु युवाहरुले बताएका छन् । यो दुवै धर्मलाई सार्थक सन्देश सिकाएको छ । धर्मको नाममा अतिवादीको दल–दलमा फसेर एकले अर्काको आलोचना र विरोध गर्नुभन्दा आपसमा मिलेर अगाडी बढ्न सन्देश दिनु नै पुन्यको काम भएको स्थानीयहरुले बताएका छन् ।

उता हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले पवित्र रमजान महिना हामी हाम्रो माझबाट बिदा गर्ने र एक महिनाको लामो व्रत अर्थात् रोजा बस्न अवसर पाएकोमा अत्यन्तै खुशी भएको बताउनुभएको छ । उहाँले केही दिन अघि भएको घटनाले हरिनगरमा तनाव भएको भएपनि अहिले हर्सोल्लासका साथ इद-उल-फित्र (इद) पर्व मनाएको जानकारी दिनुहुदै शुभकामना दिएका छन् । अंसारीले रमदानको महिना तथा इद(उल(फित्र अर्थात् रोजा पर्वको शुभ अवसरमा देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT